घटना दुर्घटना

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
विराटनगर, ४ वैशाख, रासस
चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन् । 
 
सोलुखम्बुको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 
 
त्यस्तै, चट्याङमा परेर खोटाङमा दुईजना घाइते भएका छन् । दिक्तेलको रुपाकोट–मझुवागढी–४ बस्ने पुण्यबहादुर कटुवालको चार वर्षीय छोरा प्रेम कटुवाल र सशस्त्र प्रहरी हलेसी गुल्ममा कार्यरत जवान युवराज विश्वकर्मा घाइते भएका हुन् ।
 
दुवै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Kalika Call In

Started at: 11:05 HRS

Up Next

Kalika Highlites

Starts at: 12:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award