मध्य नेपाल

यातायात चालकहरुलाई बेचखिन तथा ओसार पसार सम्बन्धी परामर्श । यातायात चालकहरुलाई बेचखिन तथा ओसार पसार सम्बन्धी परामर्श  ।
सविता दराई कालिका फागुन ३० 
माईती नेपालचितवनले  मानब बेचविखन, ओसार पसार तथा सुरक्षित बैदेशिक रोजगार विषयमा यातायात चालकहरुलाई परामर्श दिएको छ । सस्थाको एक्टीभ परियोजनाअन्तर्गत बार्षिक कार्ययोजनामा रहीयातायातब्यबसायी संघ द्वारा सञ्चालित यातायातहरुका चालकहरु विच मानब बेचविखन तथा ओसार पसार तथा सुरक्षित बैदेशिक रोजगार विषयमाअन्तरक्रियाकार्यक्रम गरेको हो। माईती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले सहजीकरण गर्नु भएको अन्तक्रियमा चितवनका विभिन्न यातायातका सन्चालक तथा चालकहरुको सहभागिता रहेको  थियो । गिरीले विशेष गरी बेचविखन यातायात संग सम्बन्धित हुने भएकाले यातायात ब्यबसायी र चालकलाई समेत यसमा  सचेत गराउन सकीयो भने मानब बेचविखन तथा ओसार पसार न्युनीकरण गर्न सकीने उदेश्यले सो विषयमा अभिमुखीकरण कार्यक्रम राखीएको बताउनु भयो । गिरीले महिला बालबालिका कसरी प्रलोभनमा परि कसरी आफनै आफन्त र दलालहरु बाट बेचविखनमा पर्ने गर्छन् भन्ने सन्देशमुल डकुमेन्टङी प्रस्तुस्तगर्दै  माईती नेपाल चितवनले यसमा के कस्ता कार्यक्रमगर्दै आएको छ सो बारेमा जानकारी गराउनु भएको थियो। गिरीले सुरक्षित बैदेशीक रोजगार सम्बन्धिजानकारी समेत दिनु भएको थियो। कार्यक्रममा अटो ब्यबसायी घनश्याम पोख्रेल र नायारायणी यातायातका चालक साजन थापाले माईती नेपाललाई समाजमा राम्रो प्रभावपार्ने कार्यक्रम राखेकोमा धन्यवाद दिदै बेचखिन तथा ओसार पसार न्युनिकणका लागि आफ्नो भुमिकापनि महत्वपुर्ण हुने भन्दै आफनो तर्फ बाट सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा माईती नेपालचितवनका परामर्शदाता जयन्ति खनालले २०१५ जुलाई देखी नै सस्थाकै भवनमा पुनस्थापना गृह सन्चालन भएको जानकारी दिनु भएको छ । साथै खनालले माईती नेपालमा संरक्षणमा आएकाहरुलाई एक महिना सम्म संरक्षणमा राख्ने र उनिहरुको परिवार संग भेट गरी पारिवारीकमिलन गराउने गर्दै आएको र विभिन्न सिपमुलक तालिम दिई आयआर्जनमा सक्षम गराई जिवीकोपार्जन गर्न सक्ने काम गर्दै आएको जानकारी दिनु भयो ।       
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award