मध्य नेपाल

उपभोक्ता हितमा अन्र्तक्रिया
राजु थापा, फागुन ३०, कालिका
विश्व उपभोक्ता दिवसको अवसर पारेर चितवनमा उपभोक्ताजागरण अभियानमा स्थानिय तहको सक्रियाता विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्नभएको छ । उपभोक्ता अधिकार संरक्षण मंचचितवन र उधोग बाणिज्य संध चितवनको आयोजनामा भएको कार्यक्रममा मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले ऐन नियम कार्यन्वयन नहुदाँ उपभोक्ता हकहितका कुरा ओझेलमा परेको बारे तयार पार्नु भएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटीले उपभोक्ताको हकहितमा सवै स्थानियनिकाय सक्रिय रुपमालाग्नु पर्ने बताउदै आगामीदिनमाआफुले स्थानियनिकायलाई समन्वयगर्ने बताउनु भयो । 
यस्तै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट्ले बजार अनुगमनमा उधोगी ब्यापारीहरुले पनि सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले उधोग वाणिज्य संध जस्ता संस्थाअवरोध गर्ने काममालाग्ननहुने बताउनु भएको थियो ।  आयोजक संस्थाका अध्यक्ष द्धय सहनलाल प्रधान र शैलेन्द्र श्रेष्ठले सभापतित्व गर्नु भएको  थियो । कार्यक्रममा जिल्ला कृषिविकास कार्यालयका प्रमुख परशुरामयादव, जिल्ला पशू कार्यालयका चेतनारायण खरेल, नेपाल टेलिकमबाट ई . गेहेन्द्र सुवेदी, जिल्ला ट्राफिक प्रमुख सन्तोष पन्त लगायतको सहभागिता रहेको थियो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award