मध्य नेपाल

चितवनमा बजार अनुगमनको अवस्था
राजु थापा, फागुन ३०, कालिका
जिल्ला प्रशासन कार्यालयले विश्वउपभोक्तादिवसको पुर्व सन्ध्यामाविगत १ वर्षमाचितवनमाभएको अनुगमनको बारेमाजानकारी दिएको छ । बुधवार कार्यालयमा पत्रकार सम्मेलन गरि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट्ले  कुल ८ सय ९१ पसल, उधोग तथा संध संस्थाहरुमाअनुगमन गरेको जानकारी दिनु भएको थियो । 
 
उहाँले अहिले सम्म एउटा ब्यापारीलाई मुद्धा दर्ता गरिएको छ भने ३० वटा मुुद्धा दर्ता हुने प्रक्रियामा रहेको छ । जानकारी दिदै कुल ५४ वटा नमुना परिक्षणको लागि पठाएकोमा क्षेत्रीयखाध्यप्रयोगशालाबाट २२ वटाको नतिजा पठाएको र सो मध्य ८ वटा प्रतिकुलआएको जानकारी दिनु भएको थियो । 
 
अनुगमनभएकामध्य७ वटा पेट्रोल पम्प, ३५ वटा एग्रोभेट, ६ वटा अस्पताल, २४ वटा सैलुन, ३ सय १३ खाध्यकिराना, १ सय७होटल, १० माछा, मासु पसल ,८ सुन चादी, ९३ मेडिकल १७ कपडा तथा फेन्सी, अन्य २०९ रहेको छ ।
 
यस्तै अनुगमनको समयमाविभिन्न समस्याहरु समेत रहेको पत्रकार सम्मेलनमाप्रमुखजिल्लाअधिकारी बताउनु भयो , उहाँकाअनुसार  उपभोक्ता सचेत नहुनु, ब्यापरीहरुको छाता संगठनको दवावदिनु , न्युनविजकीकरणको समस्याहुनु , एकाधिकार रहनु , तोकीएभन्दा बढी मुनाफालिनु जस्ता समस्याहरु जस्ताको तस्तै रहेको छ । पत्रकार सम्मेलनमाआगामीदिनमाअनुगमनलाई अझै सशक्तबनाउने स्थानियतहलाई सक्रियबनाउने बताईएको थियो ।  सम्मेलनमाबजार संरक्षण अधिकृत ओम नारायण शर्मा , खाध्यनिरिक्षक प्रविण तिवारी, प्रहरी नायवउपरिक्षक प्रमु ढकाल, महानगरपालिकाकाबातावरण अधिकृत विराट धिमिरे लगायतको उपस्थिति रहेको थियो । यस्तै जिल्लाप्रशासनले विहिवार दिवस मनाउनको लागिप्रभातफेरी सहितअन्र्तक्रियागर्ने भएको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swadesh Gaan

Started at: 05:00 HRS

Up Next

Kalika Highlights

Starts at: 05:20 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award