अपराध

बालिका बलात्कारको अभियोगमा युवक पक्राउ बालिका बलात्कारको अभियोगमा युवक पक्राउ
गुल्मी, ३० फागुन,रासस
बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका–४ का १६ वर्षीय हिमाल दमाईलार्ई प्रहरीले पक्राउ गरेको छ । 
 
आरोपित युवकले मंगलबार दिउँसो सोही गाउँपालिका–३ की छ वर्षीया एक बालिकालाई चाउचाउ र पैसाको लोभ देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । 
 
घरमा आएपछि बालिकाले आमासँग आफूलाई दुखेको र रगत पनि आएको बताएपछि बालिकाकी आमाले के भयो भनेर सोधपुछ गरेपछि मात्र बालिकाले घटनाबारे जानकारी गराएकी थिइन् । घटना लगत्तै आज बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि दर्जीलाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ । 
 
बालिकाको घर नजिकै घर बनाउने काममा खटिएका युवक काम सकेर घर फर्कने क्रममा स्थानीय मन्दिर नजिकै खेलिरहेकी बालिकालाई बोलाएर चाउचाउको लोभ देखाउँदै बलात्कार गरेको प्रहरीले जनाएको छ ।
 
पीडित बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचापछि गएराति नै जिल्ला अस्पताल तम्घास ल्याइएको छ । 

Post Comment

More अपराध

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award