देश

ट्रकोमा जनस्वास्थ्यको समस्याका रुपमा नरहेको ट्रकोमा जनस्वास्थ्यको समस्याका रुपमा नरहेको
काठमाडौँ, ३० फागुन,रासस
नेपालमा आँखामा लाग्ने एक प्रकारको रोग ९ट्रकोमा० जनस्वास्थ्यको समस्याका रुपमा अब नरहने भएको छ । 
 
यसका लागि स्वास्थ्य मन्त्रालयले विश्वस्वास्थ्य संगठनलाई जनस्वास्थ्यको समस्याका रुपमा सो रोग नरहेको प्रमाणीकरण गर्नसमेत अनुरोध गरेको छ । जनसंख्यामा पाँच प्रतिशतभन्दा तल सो रोग नदेखिएमा जनस्वास्थ्यको समस्या नभएको ठहरिन्छ । 
 
नेपाल नेत्रज्योति संघले संयुक्तरुपमा सबै जिल्लामा गरेको ट्रकोमा सम्बन्धी सर्वेक्षणबाट सो रोग पाँच प्रतिशतभन्दा कम रहेको देखिएको हो । विशेषगरी कैलाली, कञ्चनपुर, अछाम, बैतडी, कपिलवस्तु, दाङ, रोल्पा, दैलेख, रुकुम, सुर्खेत, रसुवा, बारा, पर्सा, चितवन, नवलपरासी, सर्लाही, रौतहट, डोटी, बाँके र बर्दियामा सो रोगको दर उच्च रहेको थियो । 
 
संघद्वारा आज आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई जनस्वास्थ्यको समस्याका रुपमा ट्रकोमा नरहेको विश्व स्वास्थ्य संगठनलाई प्रमाणीकरण गराउन प्रतिवेदन हस्तान्तरण गरिएको थियो । 
 
चिकित्सकका अनुसार मोतियाबिन्दुपछि ट्रकोमा अन्धोपनको प्रमुख कारकका रुपमा रहेको छ । स्वास्थ्य मन्त्रालयसित मिलेर संघले राष्ट्रिय ट्रकोमा कार्यक्रम सञ्चालन गरिरहेको छ । 
 
कार्यक्रममा संघका अध्यक्ष तीर्थ मिश्रले सन् २०२० सम्ममा अन्धोपन उन्मूलन गर्ने लक्ष्यलाई हासिल गर्न संघले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । 

Post Comment

More देश

Onair Now Onair Now

Feed Back

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award