अन्तर्राष्ट्रिय

अमेरिकी रक्षामन्त्री म्याटिस् काबूलमा अमेरिकी रक्षामन्त्री म्याटिस् काबूलमा
काबुल, २९ फागुन, रासस÷एएफपी
अमेरिकी रक्षामन्त्री जिम म्याटिस् भ्रमणको पूर्व सूचनाविना नै मङ्गलबार अफगानिस्तानको राजधानी काबुल पुग्नुभएको समाचार छ । 
 
तालिबान लडाकूको विषयमा अफगान सरकारसँग गर्ने भनिएको शान्ति वार्ताबारे प्रारम्भिक छलफल गर्नको लागि भन्दै म्याटिस् काबुल पुग्नुभएको समाचारमा जनाइएको छ । अफगान राष्ट्रपति असरफ घानीले तालिबान लडाकू समूहसँग शान्तिवार्ता गर्ने खुलाशा गर्नुभएको दुई हप्तापछि यस युद्धग्रस्त सहरमा म्याटिस् पुग्नुभएको हो । 
 
तर तालिबान लडाकू समूहले औपचारिक रुपमा यस शान्ति वार्ताको भने पुष्टि गरिसकेका छैनन् । रक्षामन्त्री म्याटिस्ले तालिबानका केही नेताहरुले वार्तामा बस्ने इच्छा देखाएका जानकारी दिनुभयो । म्याटिसकाअनुसार तालिबान लडाकू समूहका नेताहरु छलफलको लागि अभिरुची देखाएका छन्, तर यसै वार्तामा सबैजना भने नआउन सक्छन् । 
 
सवै तालिबान एकै पटक वार्तामा आउने सम्भावना नरहेको तर तालिबानको आशयबाट उनीहरु अफगान सरकारसँग वार्तागर्न इच्छुक भने रहेको म्याटिस्ले बताउनुभएको छ । अमेरिकी सैन्य एयरफोर्सको विशेष विमानबाट उहाँ काबुल पुग्नुभएको हो । उहाँको आगमनका कारण सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । 
 
अन्ततः घानीको शान्ति सम्झौता योजनामा तालिबान लडाकू समूहलाई पनि राजनीतिक दलका समावेश गर्नेगरी सो वार्ता प्रक्रियालाई अघि बढाइएको छ । तालिबान आतङ्ककारी समूहले सुरुमा अमेरिकासँग मात्र सम्झौताको लागि तयार भएको जनाएको थियो । तर अहिले भने अफगान सरकारसँग पनि वार्तामा बस्ने संकेत गरेको बताइएको छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

kalika Highlites

Started at: 15:00 HRS

Up Next

Double Mazzaa

Starts at: 16:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award