अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्प र अमेरिकी ‘सफ्ट पावर’को गिरावट डोनाल्ड ट्रम्प र अमेरिकी ‘सफ्ट पावर’को गिरावट

जोसेफ एस ने, क्याम्ब्रिज, २ फागुन,रासस

डोनाल्ड ट्रम्पको राष्ट्रपति पदले अमेरिकी सफ्ट पावर कम भएको छ । ग्यालपद्वारा १३४ मुलुकमा हालै गरिएको मत सर्वेक्षणमा ३० प्रतिशत मानिस मात्र ट्रम्प नेतृत्वको अमेरिकाको पक्षमा थिए । यो आँकडा बाराक ओबामाको राष्ट्रपतित्वकालयता करिब २० अङ्कको गिरावट हो । प्यू रिसर्च सेन्टरले ३० प्रतिशत अनुमोदन रेटिङसँगै चीन करिब अमेरिकाको निकट पुगेको जनाएको छ । साथै बेलायती सूचकाङ्क ‘दि सफ्ट पावर ३०’ ले पनि अमेरिका सन् २०१६ मा पहिलो स्थानबाट चिप्लिएर गत वर्ष तेस्रो स्थानमा पुगेको देखाएको छ । 

ट्रम्पको प्रतिरक्षा गर्नेहरू सफ्ट पावरले कुनै फरक नपर्ने जवाफ दिन्छन् । ट्रम्पका बजेट निर्देशक मिक मुलभेनीले स्टेट डिपार्टमेन्ट र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सीका लागि ३० प्रतिशतले बजेट कटौती गरेर ‘हार्ड पावर बजेट’ को घोषणा गर्नुभयो । बाँकी विश्वले अमेरिकालाई दोस्रो स्थानमा रहेको मानेको बेला ‘अमेरिका पहिलो’ का प्रवद्र्धकहरूका लागि के तिनीहरू सही छन् रु 

सफ्ट पावर जबरजस्ती वा भुक्तानीको सट्टा आकर्षणमा निर्भर हुन्छ । यसले मानिसहरूलाई दबाव दिनुको सट्टा सहकार्य गर्दछ । व्यक्तिगत स्तरमा बुद्धिमान बाबुआमा केवल नयाँ, सुविधा वा कारको चाबीहरू हटाउनमा निर्भर हुनुको सट्टा आफ्ना बच्चाहरूका लागि आदर्श नैतिक मूल्यहरूको मोडेल बन्न सकियो भने आपूmहरूको शक्ति धेरै हुनेछ र धेरै समयसम्म रहनेछ भन्ने कुरा जान्दछन् । 

ठीक त्यसैगरी राजनीतिक नेताहरूले लामो समयसम्म सत्तालाई बुझेका हुन्छन् जुन एजेन्डालाई निर्धारण गर्न र बहसका लागि रूपरेखालाई निर्धारण गर्नमा सक्षम हुन्छ । म चाहनाका लागि तपाइँबाट जे प्राप्त गर्नसक्छु त्यही चाहन्छु भने तपाइँ जे चाहनुहुन्न मसँग त्यसका लागि दबाव दिने केही हुँदैन । एउटा मुलुकको सफ्ट पावर मुख्यरूपमा तीनवटा स्रोतबाट प्राप्त हुन्छ ः उसको संस्कृति ९जब यो अन्यका लागि आकर्षक हुन्छ०, प्रजातन्त्र र मानवअधिकारजस्ता उसको राजनीतिक मूल्यहरू ९यदि ऊ तिनीहरूसँग बस्छ० र उसका नीतिहरू ९तिनीहरू वैध भएको देखिन्छन, किनकी अन्यका हितहरूको बारेमा जागरुकता र केही नम्रताका साथ तिनीहरू आपूmलाई तयार बनाउँछन्० । 

एउटा सरकारले घरमा ९उदाहरणका लागि स्वतन्त्र प्रेसको संरक्षण गरेर०, अन्तर्राष्ट्रिय सङ्घसंस्थामा ९अन्य र बहुपक्षीयवादसँग परामर्श गरेर० र विदेश नीतिमा ९विकास र मानवअधिकारको प्रवद्र्धन गरेर० कस्तो व्यवहार गर्छ भन्ने कुरा उसको उदाहरणीय कार्यको प्रभावले अरुलाई प्रभावित पार्नसक्छ । यी सबै क्षेत्रमा ट्रम्पले आकर्षक अमेरिकी नीतिहरूलाई उल्ट्याउनुभएको छ । 

सौभाग्यवश, अमेरिका ट्रम्प वा सरकारभन्दा अधिक छ । हार्ड पावर सम्पत्ति ९जस्तै सशस्त्र बल०को विपरित थुप्रै सफ्ट पावर संसाधनहरू सरकारबाट अलग छन् र यिनका उद्देश्यहरूसँग यिनीहरू आंशिकरूपमा मात्र उत्तरदायी छन् । एउटा उदार समाजमा सरकारले संस्कृतिलाई नियन्त्रण गर्न सक्तैन । वास्तवमा आधिकारिक सांस्कृतिक नीतिहरूको अभाव स्वयम्का लागि आकर्षणको स्रोत हुनसक्छ । ‘दि पोस्ट’ जस्तो हलिउडको चलचित्रले स्वतन्त्र महिला र प्रेस स्वतन्त्रतालाई प्रदर्शन गर्छ र अन्यलाई आकर्षण गर्नसक्छ । त्यस्तै आकर्षणले अमेरिकी प्रतिष्ठानहरूको कार्यलाई परोपकारी बनाउनसक्छ र अमेरिकी विश्वविद्यालयहरूमा जाँचको स्वतन्त्रताको लाभ हुनसक्छ । 

के कुरा सत्य हो भने विश्वविद्यालय, फर्म, प्रतिष्ठान, चर्च र अन्य गैरसरकारी समूहहरूले तिनीहरूको आफ्नै सफ्ट पावर विकास गर्छन जसले आधिकारिक विदेश नीतिका लक्ष्यहरूसँग सम्बन्धमा बलियो बनाउन वा असङ्गत बनाउनसक्छ । साथै सफ्ट पावरका यी सबै निजी स्रोतहरू वैश्विक सूचना युगमा तीव्ररूपमा महत्वपूर्ण हुनसक्ने सम्भावना छ । कमजोर हुनु र सफ्ट पावर गुमाउनुको सट्टा तिनीहरूको आफ्नै कार्य र नीतिहरूले सिर्जना गरेको र मजबुत बनाएको भन्ने सुनिश्चित गर्न सरकारका लागि यी सबै अधिक कारण हुन् । 

कपटी, अभिमानी, अन्यका विचारहरूप्रति उदासीन वा राष्ट्रिय हितहरूको सङ्कीर्ण धारणाको आधारमा प्रकट हुने आन्तरिक अथवा विदेशी नीतिहरूले सफ्ट पावरको अवमूल्यन गर्नसक्छन् । उदाहरणका लागि सन् २००३ मा इराकमाथिको आक्रमणपछि गरिएको सर्वेक्षणहरूमा अमेरिकाको आकर्षणमा आएको ठूलो गिरावट सामान्यतया अमेरिकाको तुलनामा बुस प्रशासन र उसको नीतिहरूको प्रतिक्रिया थियो । 

अमेरिकालाई अलोकप्रिय बनाउने इराक युद्ध सरकारको पहिलो नीति थिएन । सन् १९७० को दशकमा भियतनाममा अमेरिकी युद्धप्रति विश्वभरका कयौँ मानिसले आपत्ति जनाएका थिए र अमेरिकाको विश्वव्यापी अडानले त्यो नीतिको अलोकप्रियकरणलाई प्रतिबिम्बित ग¥यो । जब नीति परिवर्तन भयो र युद्धका सम्झना कम हुँदै गयो अमेरिकाले उसको हराएको सफ्ट पावर बहुत अधिक पुनःप्राप्त ग¥यो । त्यसै गरेर इराक युद्धपछि विश्वका अधिकांश क्षेत्रमा अमेरिका उसको सफ्ट पावर हासिल गर्न सफल रह्यो । यद्यपि मध्यपूर्वमा त्यति धेरै हासिल भएन । 

अमेरिकी सफ्ट पावरको उदय र पतनले धेरै कुरामा फरक पार्दैन भनेर शङ्कालुहरू अभैm तर्क दिनसक्छन् किनकी मुलुकहरू आत्म–हितबाट सहकार्य गर्छन् । तर यो तर्कले एउटा महत्वपूर्ण विन्दुलाई गुमाउँछ ः सहकार्य डिग्रीको कुरा हो र डिग्री आकर्षण वा विकर्षणबाट प्रभावित हुन्छ । यसका अतिरिक्त कुनै मुलुकको सफ्ट पावरको असर गैर–राज्यका खेलाडीसम्म विस्तार हुन्छ । उदाहरणका लागि आतङ्कवादी सङ्गठनहरूबाट सहयोग वा भर्ती गरेर । सूचनाको युगमा कसैको सेनाको जीतमा मात्र निर्भर हुँदैन कसैको कथाको जीतमा पनि हुन्छ । 

अमेरिकाको सफ्ट पावरको एउटा सबैभन्दा ठूलो स्रोत भनेको उसको प्रजातान्त्रिक प्रक्रियामा खुलापन हो । यहाँसम्म कि जब गलत नीतिहरूले यसका आकर्षकताहरूलाई कम गर्दछन् अमेरिकाको आलोचना गर्ने क्षमता र आफ्ना कमजोरीहरूलाई ठीक बनाउने क्षमताले उसलाई गहनरूपमा अन्यका लागि आकर्षक बनाउँछ । जतिबेला विदेशमा रहेका प्रदर्शनकारीहरू भियतनाम युद्धको विरुद्धमा लागिरहेका थिए, तिनीहरूले अमेरिकी नागरिक अधिकार आन्दोलनको गीत ‘हामी सफल हुनेछौँ’ प्राय गाउँथे । 

अमेरिकाले पनि निश्चितरूपमा यसबाट पार पाउनेछ । विगतको अनुभवलाई हेरेर अमेरिकाले ट्रम्पपछि आफ्नो सफ्ट पावरलाई पुनः प्राप्त गर्नेछ भन्ने अपेक्षाका लागि हरेक कारण छ । ९जोसेफ एस। ने अमेरिकी पूर्व रक्षामन्त्री हुनुहुन्छ । उहाँ हार्वर्ड विश्वविद्यालयका प्रोफेसर पनि हुनुहुन्छ ।० अनुवाद ः दिलीप अधिकारी 

Post Comment

More अन्तर्राष्ट्रिय

Special Programs

Kalika Events

  • 12th Music Award