देश

डोलेश्वरबाट पाँच सय साधुसन्तको बिदाइ

नगरकोट, २ फागुन,रासस

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाइ गरिएको छ । 

शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिर दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको हो । डोलेश्वर आएका झण्डै ५०० साधुसन्तमध्ये आज ३०० साधुसन्त बिदाइ कार्यक्रममा सहभागी भएका र बाँकी साधुसन्त बिदाइ कार्यक्रममा सहभागी नभइकन फर्केको उक्त मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमान सिंह बस्नेतले बताउनुभयो । 

यहाँ आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहनबल्लले बताउनुभयो । ‘क’ वर्गका साधुसन्तलाई नगद रु एक हजार १००, ‘ख’ वर्गलाई नगद रु सात सय सात र ‘ग’ वर्गलाई नगद रु पाँच सय ५ तथा प्रत्येकलाई एक थान कम्बल र एकथान धोती प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । 

डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तको आगमन हुँदै आएको छ । शिवरात्रि पर्वमा एक हप्ता अघिदेखि देशका विभिन्न भाग तथा भारतबाट साधुसन्त यहाँ आएका थिए । 

मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो ।

Post Comment

More देश

Onair Now Onair Now

OFFLINE

 

Up Next

Hamro Serofero

Starts at: 07:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award