मध्य नेपाल

आज बृहत भजन महोत्सव हुदैँ आज बृहत भजन महोत्सव हुदैँ
कालिका फाल्गुन १ 
महाशिवरात्रीको पावन अबसरमा कालिका एफ एम र महाकालेश्वर शिव मन्दिरको संयुक्त आयोजना आज बृहत भजन महोत्सव हुदैँ छ । महाकालेश्वर शिव मन्दिर भरतपुर १० को प्राङगणमा हुने कार्यक्रम बिहान १० बजे बाट सुरु हुनेछ ।
 
चितवन र नवलपरासीका १७ भन्दा बढि भजन टोलीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । बृहत भजन महोत्सवको सम्पूर्ण तयारी सकिएको छ । मन्दिर सरसफाई रङरोगन, टेन्टको ब्यबस्थापन साउण्डसिस्टम लगायतका कार्य सकिएको कालिका एफ एमका स्टेशन म्यानेजर ओमप्रकाश आचार्यले जानकारी दिनु भएको छ । 
 
 
कालिका एफ एम ले धर्म र सस्कृतिको जर्गेना गर्न बर्षेनी भजन महोत्सवको आयोजना गर्दै आइरहेको एफ एमका स्टेशन म्यानेजर आचार्यले बताउनु भएको छ । भजन प्रचार प्रसार समितिले आज विहान ७ बजे मन्दिर परिसर देखी बृहत मोटरसाईकल र्यालीको समेत आयोजना गरेको छ । मन्दिर परिसरबाट सुरु भएको र्याली बाईपास रोड हुदैँ नयाँ बसपार्क , नयाँ बसपार्कबाट चौबीसकोठी , चौबीसकोठीबाट नारायणगढ , नारायणगढबाट पुरानो बसपार्क , पुरानो बसपार्कबाट क्षेत्रपुर हुदैँ पुन मन्दिरमा आई टुङगीएको थियो । र्यालीमा सय भन्दा बढि भक्तजनहरुको सहभागीता रहेको थियो।
 
भजन प्रतियोगीता सफलता पुर्वक सम्पन्न गर्न प्रचार प्रसार एवम ¥याली ब्यबस्थापन समिति त्यस्तै बिभिन्न संघ संस्था एवम टोलहरुको रोहबरमा सरसफाई एवम धोजा पतका समिति, प्रसाद तयारी तथा बितरण उपसमिति, स्वयम सेबक परिचालन उपसमिति, बत्ती ब्यबस्थापन उप समिति, आर्थिक उपसमिति र पुजा ब्यस्थापन उप समिति गरी ७ वटा उप समिति नै गठन गरी काम सुरु गरीएको थियो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Traffic Update

Started at: 09:10 HRS

Up Next

Tareli

Starts at: 09:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award