मनोरञ्जन

श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सव मनाउने श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सव मनाउने
सविता दराई कालिका माघ २९
यहि फागुन ५ गते देखी १२ गते सम्म श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाले स्वर्ण महोत्सव मनाउने भएको छ। रत्ननगर नगरपालिका ११ स्थित श्रीकृष्ण प्रणामी मन्दिरले श्रीमत्तारतम सागर १०८ पाठ पारायण महायज्ञ श्रीमद्भागवत कथा अनुष्ठान कार्यक्रम गरी ५० औ बर्ष मनाउन लागेको हो । स्वर्ण महोत्वसको राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्नु हुने सोमबार स्वर्ण महोत्सव मुलसमारोह समितिका संयोजक तिलकराम शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ  । आध्यात्मिक कार्यक्रम सफल पार्न १ हजार ८ सदस्यीय मुल समारोह समिति र ३८ वटा विभिन्न उप–समितिहरु गठन भई परिचालन भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।  श्रीकृष्ण प्राणमी धर्मका धर्माचार्य जगतगुरु श्री १हजार ८ कृष्णमणिजिको प्रमुख सानिध्य तथा नेपाल, भारत लगातयका देशबाट सन्त गुरुजन लगायत करीब एक लाख श्रदालु भत्तजनको  उपस्थिति रहने आयोजले अपेक्षा गरेको छ । २०२४ सालमा तत्कालिन सामाजिक सेवाका अभियन्ताहरुको प्रयासबाट सो मन्दिर स्थापना भएको थियो । नेपालकै पहिलो गुम्बज शैलीको स्र्ण मन्दिर २०६२ सालबाट निमार्ण भई हाल सम्म करिब सम्पुर्ण काम अन्तिम अवस्थामा पुगेको सह संयोजक श्याम प्रसाद बरालले जानकारी दिनु भएको छ ।  १५ कठठा २ धुर मा निमार्ण भएको स्वर्ण मन्दिरको निमार्ण खर्च हाल सम्म सबैभन्दा धेरै सासंसद ,,ले १० लाख र रत्ननगर नगरपालिकाले ७ लाख सहयोग गर्न भएको छ भने अन्य सबै काम पनी दान नै भएको बरालले जानकारी दिनु भयो । १२ जना राख्ने क्षमता भएको सो मन्दिर परिसरकोे बृद्धाश्रममा हाल ७ जना बृद्धाहरुले आश्रय लिरहेको पनि आयोजकले जनाएको छ । 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Hamro Serofero

Started at: 07:05 HRS

Up Next

Namaste Kalika

Starts at: 07:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award