मध्य नेपाल

बृहत भजन महोत्सवको तयारी पुरा । बृहत भजन महोत्सवको तयारी पुरा ।
 
 सविता दराई कालिका माघ २९ 
महाशिवरात्रीको अबसरमा कालिका एफ र महाकालेश्वर शिव मन्दिरकेो संयुत्त आयोजना हुन लागेको बृहत भजन महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । मन्दिर सरसफाई रङरोगन, टेन्टको ब्यबस्थापन साउण्डसिस्टम लगायकाका कार्य लगभग सकिएको कालिका एफ एमका स्टेशन म्यानेजर ओमप्रकाश आचार्यले जानकारी दिनु भएको छ । 
 
भजन प्रतियोगीता सफलता पुर्वक सम्पन्न गर्न प्रचार प्रसार एवम ¥याली ब्यबस्थापन समिति त्यस्तै बिभिन्न संघ संस्था एवम टोलहरुको रोहबरमा सरसफाई एवम धोजा पतका समिति, प्रसाद तयारी तथा बितरण उपसमिति, स्वयम सेबक परिचालन उपसमिति, बत्ती ब्यबस्थापन उप समिति, आर्थिक उपसमिति र पुजा ब्यस्थापन उप समिति गरी ७ वटा उप समिति नै गठन गरी काम सुरु गरीएको थियो । 
यस्तै शिवरात्रीको अवसरमा आयोजना गरेको बृहत भजन महोत्सवमा अहिले सम्म चितवन र नवलपरासीका १६ भन्दा बडि भजन टोलीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । कालिका एफले धर्म र सस्कृतिको जर्गेना गर्न बर्षेनी भजन महोत्सवको आयोजना गर्दै आइरहेको एफ एमका स्टेशन म्यानेजर आचार्यले बताउनु भएको छ । भजन प्रचार प्रसार समितिले   शिवरात्रीका दिन मंगलबार विहान ७ बजे मन्दिर परिसर देखी बृहत मोटरसाईकल र्यालीको समेत आयोजना गरेको छ । 
 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award