देश

औरहीमा विद्युत् नहुँदा अँध्यारो औरहीमा विद्युत् नहुँदा अँध्यारो

राजविराज, ३० पुस,रासस

सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका–३, औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् । 

भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताउनुभयो । सदरमुकाम राजविराजदेखि पश्चिम दक्षिणमा अवस्थित सो गाउँमा हालसम्म विद्युत् नहुँदा मोबाइल चार्ज तथा गहुँ– धान कुटाउनीपिसाउनी गर्नसमेत समस्या हुने गरेको गुनासो उहाँले गर्नुभयो । 

दलित, मुसलमान र यादवको बसोबास रहेको उक्त गाउँमा करिब पाँच वर्ष अगाडि नेपाल विद्युत् प्राधिकरणले खम्ब गाडे पनि अहिलेसम्म तार नदिएका कारण बिजुली बाल्नबाट आफूहरु वञ्चित भएको स्थानीयवासी मुकेशकुमार यादवले बताउनुभयो । 

तीन सय घरधुरी रहेको साविकको औरही गाविसबाट रु तीन लाखमा खम्बा र तारका लागि बजेट छुट्याइए पनि हालसम्म विद्युत् नपुग्दा आफूहरुलाई भारतीय गाउँमा मोबाइल चार्जलगायत अति अवाश्यक काम गर्न जानुपर्ने बाध्यता रहेको मिरदुल यादवले दुखेसो पोख्नुुभयो । यता प्राधिकरणले भने त्यहाँ छिट्टै विद्युत् दिइने जनाएको छ । 

Post Comment

More देश

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award