मध्य नेपाल

फेला परेको गोहीको उद्धार फेला परेको गोहीको उद्धार

नवलपरासी, ३० पुस,रासस

नवलपरासीको ९बर्दघाट सुस्ता पूर्व० मध्यबिन्दु नगरपालिका– ११ मा फेला परेको गोहीलाई उद्धार गरिएको छ । 

स्थानीय श्री डिष्ट्रिलरी प्रालिको हाताभित्र फेला परेको करिब दुई फिट लम्बाइ रहेको बयष्क घडियाल गोहीलाई उद्धार गरी नारायणी नदीमा छाडिएको हो । 

शनिबार स्थानीयले गोहीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेक्टर वन कार्यालय अरूणखोला, सशस्त्र प्रहरी चोरमारा, प्रहरी चौकी अरूणखोला र नेपाली सेनाको टोलीले उक्त गोहीलाई मध्यबिन्दु– १५ मा पर्ने नारायणी नदीमा लगेर छाडेको सेक्टर वन कार्यालय अरुणखोलाका इन्चार्ज अरुणकुमार मित्रले जानकारी दिनुभयो । 

नारायाणी नदीबाट आहारा खोज्दै गोही आएको हुनसक्ने अनुमान गरिएको मिश्रले जानकारी दिनुभयो । करिब साढे दुई फिट लम्बाइ रहेको बयष्क घडियाल गोही फेला परेको थियो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award