देश

अध्यागमन कार्यालय खोल्न पहल गर्ने ः राजदूत पुरी अध्यागमन कार्यालय खोल्न पहल गर्ने ः राजदूत पुरी

इलाम, ३० पुस,रासस

भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताउनुभएको छ । 

शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर आउनुभएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बताउनुभएको हो । 

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईलगायतका जनप्रतिनिधिसँग कुराकानी गर्दै उहाँले नेपाल–भारत व्यापार प्रवद्र्धनका लागिसमेत आफूले पहल गर्ने विश्वास दिलाउनुभयो । “हामी दुई देशको सीमा क्षेत्रको भौतिक संरचनाको विषयमा हेर्दैछौँ, दुवै क्षेत्रका नागरिक र व्यापारका लागि सहज बनाउने प्रयत्न गर्छु”– राजदूत पुरीले भन्नुभयो । 

झापाको काँकडभिट्टा नाकाको निरीक्षणपछि इलाम आउनुभएका राजदूत पुरीले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण गर्नुभयो । जनप्रतिनिधि र पशुपतिनगरका व्यवसायीले राजदूत पुरीसमक्ष पशुपतिनगरमा भन्सार, सीमा सडक विस्तार तथा स्तरोन्नति, क्वारेन्टाइन र अध्यागमन कार्यालय तत्काल खोल्न माग गरेका थिए ।  

Post Comment

More देश

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award