घटना दुर्घटना

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, ३० पुस,रासस

मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ । 

उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही दिशाको साइकलयात्रीलाई ठक्कर दिँदा रतुवामाई– ९ बस्ने ४८ वर्षीय काशीराम धामी थारुको मृत्यु भएको हो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका धामी थारुको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award