मध्य नेपाल

देवघाटमा लाग्ने माघेसक्रान्ति मेलाको तयारी पुरा । देवघाटमा लाग्ने माघेसक्रान्ति मेलाको तयारी पुरा ।
चितवन पुष २९ 
माघ १ गतेबाट देवद्याटमा हुन लागेको माघेसंक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मेलास्थलमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि मेला आयोजक देवद्याट क्षेत्र विकास समितीले तयारी पुरा भएको बारे जानकारी दिएको हो । देवद्याट क्षेत्र विकास समितीको आयोजनामा हुन लागेको मेला व्यवस्थित गर्नका लागि १ सय ५१ सदस्यीय मेला व्यवस्थापन समिती गठन गरिएको थियो । गठित समितीहरुले आफ्नो दायित्वको कामहरु पुरा गरिसकेको आयोजकले जनाएके छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक टंकनाथ पौडेलले मेलामा दर्शनार्थीलाई केन्द्रित गर्दै धुनिको व्यवस्था, प्राथामिक स्वास्थ्य उपचार,शौचालय, बिजुली, आकस्मिक उद्धार एवम् सुरक्षा टोलिको व्यवस्था गरिसकिएको बताएका छन् । सस्पेन्स बृज डिभिजन कार्यालयबाट झोलुगेंपुल मर्मत कार्य समेत सम्पन्न भइसकेको र पुलमा पत्तिंmबद्ध भई हिड्न समेत उनले आग्रह गरे । मेलाको अवधिभर सवारी साधनहरुहरुलाई समेत व्यवस्थित गरिने संयोजक पौडेलले बताए । बृद्धबृद्धालाई लाइनमा बस्न नपर्ने व्यवस्था गरिनुका साथै डुङगा र ¥याफटिङ सयरमा निशुल्क सुबिधामा प्रदान गरिने पौडेलको भनाई छ । तर वृद्धवृद्धाले यस्को लागि प्रमाण देखाउन आवश्यक रहेको बताए ।
 
कार्यक्रममा बोल्दै देवघाट,तनहुका निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले स्थानिय प्रशासन पनि मेला भब्यताका साथ सम्पन्न गर्न लागिपरेको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । सम्मेलनमा जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी उपरिक्षक उमेशराज जोशी,तनहु भानुगणका सशस्त्र प्रहरी उपरिक्षक चन्द्र प्रसाद भट्ट लगायतको उपस्थिती रहेको थियो ।
यसवर्ष मेलामा विगतका वर्षहरुमा जस्तो चिठ्ठा, जुवातास, उपहारका खेलहरुमा रोक लगाइएको छ । हिन्दी गितहरु मेला स्थलमा बजाउन नपाईने , मदिरा धुम्रपान, मद्यपान सेवन गर्न र मासु खान समेत रोक लगाइएको छ ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Tareli

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award