मध्य नेपाल

चितवनका नर्सहरु काम छाडेर सडकमा चितवनका नर्सहरु काम छाडेर सडकमा
बबि गूरुङ, कालिका 
चितवन, पुस २९ । वभिन्न ११ बुँदे माग लिएर आन्दोलनरत नर्सहरुले शनिबार १ घण्टा काम छाडेर बिरोध ¥याली निकालेका छन ।  आँफ्ना बिभिन्न मागहरु तत्काल सुनवाई हुने माग गर्दै शनिबार भरतपुरको सरकारी अस्पतालदेखि मालपोत चोक–प्रशासन कार्यलय हाकिमचोक हुदैँ चौबिसकोठी सम्म पुगेको थियो। उनिहरुले आँफ्नो १ घण्टाको काम सबै ठप्प पारेर सडकमा ओर्लेका हुन । ¥उालीमा समाबेस भएकी नर्स सञ्जु भट्टराईका अनुसार नेपाल नर्सिङ संघको घोषित आन्दोलन अनुसार आँफुहरुले बुधबारदेखि नै हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका थिए भने शुक्रबारदेखि एक घण्टा काम गर्न छाडेका हुन् । 
 
उनीहरुले ३० गतेसम्म चितवनका अस्पताल र शैक्षिक संस्थामा एक घन्टासम्म ड्युटी छाड्ने निर्णय गरेका छन् । उक्त अवधिमा पनि माग पूरा नभए माघ १, २ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने उनीहरुले चेतावनी दिएका छन् । उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन नेपाल सरकारले बनाएको नर्स बिरामीको अनुपातु सबै अस्पतालमा यथाशीघ्र लागू गरिनुपर्ने लगायतका माग राखेका छन् ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Tareli

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award