मध्य नेपाल

उधोग बाणिज्य संघ चितवनको अधिबेशन स‘रु
चितवन पौष २९
प्रदेशको राजधानी बनाउन नसकेपनि आर्थीक राजधानीको रुपमा चितवन आर्थीक राजधानीको रुपमा बिकसीत हुने चितवन क्षेत्र नम्बर २का प्रतिनिधि सभाका सांसद कृष्ण भक्त पोखरेलले दाबी गर्नुभएको छ । प्रदेशको राजधानी बनाउन भौगोलिक रुपमा छेउमा रहेता पनि आर्थीक राजधानीको रुपमा बिकसित हुने उद्योग बाणिज्य संघ चितवनको ५१ औ साधारण सभा तथा अधिबेशन समुदघाटन समारोहमा बोल्दै यस्तो बताउनुभएको हो । निजि क्षेत्रलाई काम गर्ने बातावरण सिर्जना हुन दिनुपर्ने उहाले उल्लेख गर्नुभएको छ । उद्योग फस्टाओस भन्ने तर बिभिन्न राजनितिक पार्टी गएर चन्द्रा माग्ने, मजदुर उचालेर उद्योग बन्द गर्ने यस्तो परिपाटीले उद्योगको बिकास हुन नसक्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पोखरेलले उद्योग र व्यवसायको बिकासका लागि लागि पर्ने उल्लेख गर्नुभएको छ । 
 
उद्योग बाणिज्य संघ चितवनको अधिबेशन आईतबार हुदैछ समुदघाटन समारोहमा बोल्दै चितवन प्रदेश २ क सांसद घनश्याम दाहाल अबिनाशले नेतृत्व चयन सर्बसम्मत गर्नु राम्रो भएको बताउदै यसमा उद्योग बाणिज्य संघ चितवन चुकेको उल्लेख गर्नुभयो । साथै उहाले स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्ने समेत बताउनुभएको छ । देशको आर्थीक समृद्धिको लागि निजि , सहकारी र सरकारी तिनखम्बे अर्थनितिमा निजि क्षेत्रको भुमिका महत्वपुर्ण रहेकोले सबै देश बिकास र समृद्धिको बाटोमा अगाडी बढनुपर्ने बताउनुभयो । 
 
नेपाली काग्रस चितवनका सभापति जितनारायण श्रेष्ठले उद्योग बाणिज्य संघ चितवनलाई सबैले गर्व गर्ने संस्थाको रुपमा लिएर जानुपर्ने बताउनुभयो । साथै उहाले हार्दीकता र एकताले मात्रै उद्योग बाणिज्य संघको प्रगती हुने बताउदै हार्दीकता आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । 
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले समुदघाटन समारोहमा बोल्दै देशमै उद्योग र उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने र बैदेशीक उत्पादनको उपभोगलाई न्युनिकरण गर्नुपर्ने बताउनुभयो । निर्बाचन प्रजातात्रिक बिधिको उत्तम प्रकृया रहेको उल्लेख गर्नुभयो उहाले जसबाट प्रतिनिधि चयन गरिने भएता पनि प्रकृया सकिएपनि मनमुनाटबका स्थिीति नबिग्रीयोस भन्ने चाहाना रहेको बताउनुभएको छ । साथै हाफुले २ बर्षे कार्यकालमा धेरै राम्रा कामहरु गर्न सकेको बताउनुभएको छ । महोत्सवलाई राजस्वको दायरामा ल्याएको जसबाट १९ लाख बराबरको राजस्व संकलन भएको लगायत बिभिन्न कार्यहरु गरेकोले २ बर्षे कार्यकाल सफल रहेको बताउनुभयो ।
 
शनिबार नै साथै बिभिन्न संघसंस्थालाई आर्थीक सहयोग गरिएको रकम प्रदान गरिएको छ । पत्रकार महासंघ चितवन, नेवा पुच, नारायणी कला मन्दिरलाई आर्थीक सहयोग रकम प्रदान गरिएको थियो । त्यस्तै आर्थीक पत्रकारितामा बिगत २४ बर्षदेखी निरन्तर सक्तिय बिबिसि तथा नेपाल टेलिभिजनका बरिष्ठ पत्रकार ईश्वर जोशीलाई ५१ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ ।
शनिबार भएको उद्योग बाणिज्य संघ चितवनको ५१ औ साधारण सभा तथा अधिबेशन समुदघाटन समारोहमा निर्बतमान र संस्थापक अध्यक्ष बाहेक अन्य पुबृ अध्यक्षहरुको सहभागिता रहेको थिएन । आईतबार हुने अधिबेशनमा अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र सोहन प्रधानको प्यानल नै चुनाबी मैदानमा रहेको छ ।  
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Tareli

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award