घटना दुर्घटना

स्कारपियो खोलामा खस्दा चालकको मृत्यु, चारजना घाइते स्कारपियो खोलामा खस्दा चालकको मृत्यु, चारजना घाइते
धादिङ, पुस २९ ।
त्रिभुवन राजपथअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा शनिबार दिउँसो स्कारपियो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा१६च ८७७३ नम्बरको स्कारपियो सडकबाट खोल्चामा खसेर दुर्घटना भएको थियो ।
 
दुर्घटनामा चितवन जिल्ला रत्ननगर नगरपालिका–७ का ३८ वर्षीय चालक भजुराम महतोको घटनास्थलमै ज्यान गएको हो । सोही दुर्घटनामा चितवनस्थित सोही स्थानकी ३० वर्षीया खीमकुमारी महतो घाइते भएकी छन् ।
 
घाइतेको धार्केस्थित शिवदर्शन अस्पताल धार्केमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । खाल्डाखुल्डी सडकमा तीव्र गतिमा गुडेको गाडी ८०० फिट तल खोलामा खसेर दुर्घटना भएको थियो । रासस
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

Balika Hamro Sarokar

Starts at: 19:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award