मध्य नेपाल

राष्ट्रसेवक बहुउदेशीय सहकारीको १७ औ साधारण सभा सम्पन्न ।
कालिका पुष २९  
निजामती कर्मचारीहरुको सदस्यको मात्र सेयर सदस्य रहेको सहकारी राष्ट्रसेवक बहुउदेशीय सहकारी सस्था भरतपुरले शनिबार १७ औ साधारण सभा तथा ९ औ अधिबेशन सम्पन्न गरेको छ । नेपाल निजामती कर्मचारी संगठनको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष लेखनाथ कोईरालाले सहकारीको नितिनियमको बारेमा जानकारी दिदै सवै स्थानमा राष्ट्रसेवक सहकारी पुर्याउने लक्ष्य रहेको बताउनु भएको छ। सहकारीका अध्यक्ष मधु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुमाया थापाले स्वागत मन्तब्य राख्नु भएको थियो भने सचिव रघुनाथ अधिकारीले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष कृष्ण बहादुर भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । साथै  मधु घिमिरेको अध्यक्षतामा बनेको ११ सदस्यीय कार्य समितिलाई नै एक बर्षको कार्यकाल थप गरीएको सहकारीका ब्यबस्थापक सुर्यभक्त घिमिरेले जानकारी दिनु भएको छ ।  निजामति कर्मचारी संगठन केन्द्रीय कार्य समितिका दिपक शर्मा पौडेल, निजामति कर्मचारी संगठन जिल्ला कार्य समितिका अध्यक्ष फणिन्द्र प्रसाद खनाल, केन्द्रीय  समिति सदस्य गोपाल प्रसाद गौतम लगायतले शुभकाना मन्तब्य दिनु भएको थियो । सहकारीमा हाल ६ सय ५७ जना सेयर सदस्य रहेका छन् । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Tareli

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award