मध्य नेपाल

नवरत्न टोल विकास समितिमा नारायण प्रसाद उपाध्याय ।
कालिका पुष २९ सविता दराई 
भरतपुर महानगरपालीका वडा नं १२ को नवरत्न टोल विकास समितिमा नारायण प्रसाद उपाध्याय अध्यक्षमा निर्वाचीत हुनु भएको छ । शनिबार सस्थाको सभाहलमा भएको समितिको सातौ अधिबेसनले उपाध्यायको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । जसको उपाध्यक्षमा जमुना ढुगांना, सचिवमा लक्ष्मी शर्मा पौडेल, सह सचिवमा यानु अधिकारी, कोषाध्यक्षमा रुद्र प्रसाद खतिवडा सदस्यहरुमा चन्द्र अधिकारी, अन्जना नेपाल, कमला देवकोटा, ओमकुमारी न्युरे, क्रान्ति लम्साल, सिता अधिकारी, नेत्रप्रसाद अर्याल रहनु भएको छ । 
 
अधिबेन अघि भएको समितिको १४ औ अधिबेसनमा चन्द्रलाल राजभण्डारीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने सचिव शंकरराज बरालले बार्षीक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष रुद्र प्रसाद अधिकारीले ४१ लाख बराबरको  आय ब्यय प्रस्तुत गर्नु भएको थियो । सहकारीका अध्यक्ष मानबहादुुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य सासद विजय सुवेदीले छरिएर रहेको टोललाई संगठीत गरी सस्थामार्फत सहकारीको माध्यमबाट सेवा दिन जोड दिनु भएको थियो । साथै  अध्यक्ष खड्काले नवरत्नटोल बालश्रम मुक्त र सरसफाईमा धेरैराम्रो टोल भनेर  चिनीदै आएको बताउनु भएको थियो । कार्यक्रमा वडा नं १२ का वडा अध्यक्ष नरेन्द्र कन्दङवा छिमेकी टोल विकास सस्थाका प्रतिनिधिहरु, आमा समुह, संघ सस्थाका पदाधीकारीको सहभागिता रहेको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 01:00 HRS

Up Next

Mix Bag

Starts at: 01:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award