देश

तीन सय रोपनी जग्गा अतिक्रमण मुक्त

काठमाडौँ, २८ पुस,रासस

वाग्मतीको सहायक मनमत्ता नदी विसं २०२१ को नापीअनुसारको धारमा फर्काइ ३०० रोपनी सार्वजनिक जग्गा अतिक्रमण मुक्त गरिएको छ । 

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोग र मनमत्ता नदी उपभोक्ता समितिको सक्रियतामा शंकरापुर नगरपालिकाको वडा नं ७ र ९ को सीमा भएर बग्ने पाँच किमी लामो नदी पुरानो धारमा फर्काइएको हो । नदी किनारमा घर नबनेकाले नदी नापीअनुसारको धारमा फर्काउन सहज भएको समितिले जनाएको छ । 

नदी २०२१ सालको नापीको धारमै फर्काएसँगै नदी दायाँबायाँ तटबन्ध पूर्वाधार निर्माणसँगै सफाइ अभियानको पनि अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले बिहीबार शुरुवात् गर्नुभयो । 

कार्यक्रममा सुन्दरीजल–गोकर्णेश्वरको वाग्मतीखण्डलाई विसं २०२१ को नापीअनुसारको धारमा फर्काउने अभियानका संयोजक केशवप्रसाद पुडासैनी, नगरपालिकाको वडा नं ७ का अध्यक्ष बाबुकाजी श्रेष्ठ, वडा नं ९ का अध्यक्ष घनश्याम थापा, मनमत्ता नदी उपभोक्ता समिति अध्यक्ष मधु केसीलगायतले उपत्यकाको सभ्यता संरक्षणका लागि यहाँका नदी सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो । 

Post Comment

More देश

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 11:00 HRS

Up Next

Kalika Sms Zone

Starts at: 11:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award