देश

कनकाई नदीमा अस्थायी बाँसे पुल कनकाई नदीमा अस्थायी बाँसे पुल
दमक, २० मंसिर 
झापाको शिवसतासी–७, चन्द्रडाँगी–लालपानीको बीचमा रहेको कनकाई नदीमा बाँसको अस्थायी पुल निर्माण गरिएको छ । 
 
चन्द्रडाँगीस्थित वडा कार्यालय र बजारमा आवतजावतमा सहज बनाउन स्थानीयवासी र वडा कार्यालयको संयुक्त पहलमा बाँसे पुल निर्माण गरिएको हो । करिब रु ५० हजारको लागतमा निर्माण गरिएको अस्थायी बाँसे पुलको लम्बाइ ५० मिटरभन्दा बढी रहेको छ । 
 
नदीमा अस्थायी पुल निर्माण भएपछि त्यस क्षेत्रमा आवतजावत गर्न सहज भएको वडाध्यक्ष नवीन इजमले बताउनुभयो । 
 
“यो पुल अस्थायी हो, वर्षात्मा सुरुङ्गा–दूधे मार्गहुँदै धाउनुपर्ने बाध्यता छँदैछ,” वडाध्यक्ष इजमले भन्नुभयो– “हिउँदको समयमा नदीमा पानी कम हुने भएकाले यस्तो अस्थायी पुल निर्माण गर्नुपरेको हो ।” सो पुलको आज वडाध्यक्ष इजमले आजै उद्घाटन गर्नुभएको हो । 

Post Comment

More देश

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award