निर्वाचन विशेष

एमाले उम्मेदवार राई चढेको गाडीमा बम प्रहार एमाले उम्मेदवार राई चढेको गाडीमा बम प्रहार
भोजपुर, २८ कात्तिक रासस
भोजपुर प्रदेश खमा नेकपा९एमाले० बाट उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ । 
 
ट््याम्के मैयुङ गाउँपालिका–६ कोट गुम्बा नजिकै बा १५ च ५६० ड नं को जीपमा १०ः३० बजे बम प्रहार भएको हो । बम प्रहारबाट गाडीको अगाडि क्षति पुगेको छ भने राईको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा सामान्य घाइते हुनुभएको छ । 
 
नेकपाका कार्यकर्ताले बम प्रहार गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बम प्रहार गर्ने समूहको खोजी गरिरहेको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिनुभयो । 

Post Comment

More निर्वाचन विशेष

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award