देश

विद्युत् चोरी गर्ने आठजना पक्राउ विद्युत् चोरी गर्ने आठजना पक्राउ
उर्लाबारी, मोरङ, २७ कात्तिक रासस ः 
विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका–२ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारायण भगत, श्रवणकुमार माझी, अजित माझी, श्यामकुमार माझी, र बिजुली माझी रहेका छन् । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
––– 

Post Comment

More देश

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award