मध्य नेपाल

कालिका एफ.एम प्रा.लि. १६ औँ वर्षमा कालिका एफ.एम प्रा.लि. १६ औँ वर्षमा
खेम बोलखे,कालिका
असोज २६ । मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ.एम प्रा.लि १५ औँ वर्ष पार गरी १६ औँ वर्षमा प्रवेश गरेको छ। २०५९ साल असोजको २६ गते स्थापना भएको कालिका एफ.एम प्रालि सुचना ,गीत÷संगीत अनी मनोरञ्जनको क्षेत्रमा सदैव अगाडी रहेको छ । स्थापनाकाल देखी नै एफ.एम.ले समाजमा प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुलाई मान्यता दिदैँ आएको छ । यस्तै टि.भी कालिका पनि आज तेस्रो वर्ष पार गरी चौथौँ वर्षमा प्रवेश गरेको छ।  
मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ.एम प्रा.लिको १५ औँ तथा टि.भी कालिकाको तेस्रो वाषिर्कोत्सवको अवसरमा असोज १ गतेबाट जारी सम्पूर्ण कार्यक्रम बिहीबार समापन भएको छ । गैडाकोटको नारायणी रिसोर्टमा सञ्चालन भएको कार्यक्रमलाई सम्बोधन गर्दै मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गित संगितसँगै समाज सेवामा कालिका मिडिया देशकै उदारणीय बनेको बताउनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका महजोडीले गीत संगीत क्षेत्रसँगै हास्य क्षेत्र उत्पादनशील हुँदै गएको बताउँदै यस क्षेत्रमा लाग्नेहरुलाई  स्वागत गर्न आतुर रहेको बताउनु भयो । 
कार्यक्रममा कालिका मिडियाकी निर्देशक रिना गुरुङले गीत संगीतको सम्मानसँगै बिशुद्ध समाजसेवाको लागी मिडियाको स्थापना गरेको बताउनु भयो । समाज सेवा र सञ्चार क्षेत्रको विकासका लागि एफएम स्थापना गर्नु भएकोमा कालीका ग्रुपका अध्यक्ष बिक्रम पाण्डेलाई धन्यबाद ज्ञापन समेत गर्नु भएको थियो । १५ वर्ष पूरा गरी १६ वर्षमा प्रबेश गरेको अवसरमा स्टेशन म्यानेजर गुरुङले सम्पूर्ण श्रोता÷दर्शक÷शुभेच्छुक सहित विज्ञापनदाताहरुमा धन्यबाद ज्ञापन पनि गर्नु भएको थियो ।  
बार्षिकोत्सब समापन समारोह कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापा, ट्राफिक प्रमुख सन्तोष पन्त, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने, एनआरए अष्ट्रेलियाका डिला खरेल, चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र कँडेल, चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल, शिक्षाविद् रामकान्त सापकोटा, बुद्धिजीवी बामदेव शर्मा, आशा अस्पतालका सञ्चालक डा. शारदा कुँवर, आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सुरवीर थापामगर, चितवन मेडिकल कलेजका एसोसियट प्रोफेसर ममता न्यौपाने लगागत सहयोगी÷शुभेच्छुक संघसंस्थाका प्रतिनिधिको बिशेष उपस्थीत रहेको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award