खेलकुद

चितवनमा वाताबरणमैत्री राईनो कप भलिबल हुने चितवनमा वाताबरणमैत्री राईनो कप भलिबल हुने
केदार शर्मा, कालिका असोज २५ । 
पश्चिम चितवनको चम्पानगरमा वाताबरण मैत्री राईनो कप भलिबल हुने भएको छ । हिमाल युवा क्लबको आयोजनामा सुस्ताउदै गरेको एवम देशकै राष्ट्रिय खेलको रुपमा घोषित भएको खेललाई जागरुप गराउन यस खेलको रुपमा आयोजना गरीएको क्लबका अध्यक्ष केशब देबकोटाले जानकारी दिनु भयो ।
 
बुधबार चितवनमा वाताबरणमैत्री राईनो कप हुने बारे पत्रकार समेलन गर्दै क्लबले बन्य जन्तु र जैबिक विविधताको संरक्षण तथा स्थानीय पर्यटनको प्रबद्धन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको जनाएको छ । ‘प्रगतिको लागी युवा शक्ति, खेल बिकाशको लागी युवा शक्ति’ भन्ने नाराका साथ खेल असोज २६ गते बाट २८ गते सम्म हिमालय दण्डपाणी न्यौपाने माबिको खेल मैदानमा हुने क्बले जनाएको छ ।
 
वाताबरणमैत्री राईनो कप प्रतियोगितामा चितवन जिल्ला भित्रका १६ टिमको सहभागिता रहने  छ । वाताबरणमैत्री राईनो कपको बिजेताले ५० हजार ट्रफि मेडल र प्रमाण पत्र, उपबिजेताले ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र र फाईनलबाट बाहिरीयका २ वटा टिम मध्यलाई सानत्वना स्वरुप १०÷१० हजार पुरस्कार बितरण गरिने क्लबले प्रचार–प्रसार संयोजक बिबेक पोख्रेलले जानकारी दिनु भयो । 
 
खेल सम्पन्न गर्नको लागी अनुमानित ८ लाख २० हजार खर्च लाग्ने जनाईएको छ । आबश्यक आर्थीक श्रोत बिभिन्न ब्यक्ती तथा ब्यबसायिक संघ सस्थाबाट उठाईएको संयोजक देबकोटाले जानकारी दिनु भयो । २०५६ असोज २६ गते स्थापना भएको क्mबले स्थापनकाल देखी युवा शसक्तिकरणका लागी बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award