अर्थ - वाणिज्य

चितवनमा सयपत्री फुल खेती फस्टाउदैं चितवनमा सयपत्री फुल खेती फस्टाउदैं
अनिल भट्टराई कालिका असोज २५  
दिपावली पर्व नजिकिएसगैं चितवनमा सयपत्री फुल खेति फस्टाउदै गएको छ । तर बैज्ञानिक फल कृषि प्रणाली नहुदाँ किसान चिन्तित भएका छन् । फुलमा देखिने रोगले किसानहरु चिन्तित भएका हुन् । डेढ विगाहा क्षेत्रमा सयपत्री फुल खेती गर्दै आएपनि फुलको माग उच्च भए पनि व्यवसाय व्यवस्थित हुन नसकेको सयपत्री फुल खेति समुहका अध्यक्ष ईश्वर कुमार श्रेष्ठले बताउनुभयो ।
 
बुधबार भरतपुर ७ कृष्णपुरमै पत्रकारसगँको अन्तरक्रियामा  अधिकाशं किसानले खेति बैज्ञानिक हुन नसकेको बताएका थिए । सो क्षेत्रमा उत्पादित फुलले पहिलो वर्षमा २१ लाख आम्दानी गर्ने अनुमान गरिएको समुहका अध्यक्ष श्रेष्ठले बताउनुभयो । तर माग उच्च रहको समुहकी उपादध्यक्ष गोमा वरालले बताउनुभयो । 
 
पश्चिम चितवनमा उत्कृष्ट सयपत्री फुल खेती गर्दै आएको सो समुहलाई जिल्ला कृषि विकास कार्यालय चितवनले एक लाख विस हजार अनुदान दिए पनि सो रकम त्यति पर्याप्त नरहेको समुहले जनाएको छ । व्यवस्थित बजारको अभाव, टनेल समस्या, आकस्मिक रुपमा देखिने समस्याले खे ितगर्न असहज भएको समुहका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
 
उहाँले भन्नुभयो, अव हामीले विभिन्न समस्यालाई छिचोल्दै यहाँसम्म आएका छौं अव तपाईहरुले सहयोग गरिदिनुस् । उपस्थित पत्रकारहरुलाई सम्वोधन गर्दै उहाँले सयपत्री फुल मात्रै होईन अव अन्य फल खेति पनि गर्ने बताउनुभयो । 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award