देश

तीन दिनदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक खुल्यो तीन दिनदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक खुल्यो
हरि शर्मा
परासी, २९ साउन ः तीन दिनदेखि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अन्तरगतको नवलपरासी दाउन्ने सडक केही बेर अघिदेखि सञ्चालनमा आएको छ । 
 बुटवल–नारायणगढ सडकको बर्दघाटदेखि दुम्किबाससम्म १२ कि.मि दुरीमा पर्ने दाउन्ने पहाडका करिब  ७ बढी स्थानको पहिरो गएको थियो भने एसमोडमा ३५ मिटर सडक भाँसिएको थियो । जसका शुक्रबारदेखि सयौं सवारीसाधन र हजारौ यात्रुहरु अलपत्र बनेका थिए । 
विभिन्न स्थानमा गएको पहिरोलाई हटाउँदै भाँसिएको सडक छेउबाट वैकल्पिक मार्ग बनाएर एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले बताए । पानी परिरहेकाले सवारीसाधन सञ्चालनमा कठिनाई भएको र सजगताका साथ एकतर्फी रुपमा आवतजावतको व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।
 

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award