राजनीति

युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न ढिलाई गर्न हुन्दैन - प्रदिप गिरी युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न ढिलाई गर्न हुन्दैन - प्रदिप गिरी
काठमाडौँ, २९ साउन ।
सत्तारुढ नेपाली काँग्रेसका नेता प्रदीप गिरीले युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न ढिलाई गर्न नहुने धारणा राख्नु भएको छ । 
नेता गिरीले युवाहरुलाई अघि नबढाउने हो भने समाजवादको परिकल्पनालाई साकार बनाउन नसकिने पनि स्पष्ट पार्नु भयो । १८ औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आईतबार भक्तपुरमा आयोजित ‘समाजवादको विकासमा यूवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताहरुलाई युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह समेत गर्नु भयो । नेता गिरीले देशमा युवा पलायन बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गर्नु भयो । युवाहरु विदेश पलायन भएकै कारण मुलुक झनै पराश्रित हुँदै गएको र समाजवादीको परिकल्पनालाई साकार पार्न झनै समस्या भइरहेको पनि स्मरण गराउनु भयो ।
काँगेस केन्द्रिय सदस्य प्रदिप पौडेलले मुलुकलाई आत्मनिर्भर नबनाई समाजवादलाई अघि बढाउन नसकिने स्पष्ट पार्नु भयो । उहाँले उत्पादन र वितरणको क्षेत्रलाई विस्तार गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि उल्लेख गर्नु भयो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award