देश

पाँचथरमा बाढीले बगाउँदा एक जना वेपत्ता,अहिले सम्म ४ वेपत्ता,एकको मृत्यु पाँचथरमा बाढीले बगाउँदा एक जना वेपत्ता,अहिले सम्म ४ वेपत्ता,एकको मृत्यु
जितेन्द्र भण्डारी÷
पाँचथर,साउन २९,
बाढीले बगाउँदा पाँचथरमा एक जना बेपत्ता भएका छन् ।  शुक्रबार साँझ माछा मार्न गएका फिदिम नगरपालिका १० का ५९ बर्षीय मनराज केरुङ बेपत्ता भएका हुन् ।
प्रहरी र स्थानियले खोजी गर्दा पनि उनी ३ दिन सम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले वताउनुभयो ।
अहिले सम्म पाँचथरमा पहिरो र वाढीका कारण मृत्यु हुनेको संख्या एक रहेको छ भने बेपत्ता हुनेको संख्या ४ पुगेको छ ।
 शुक्रबार बेपत्ता भएका फालेलुङ गाउँपालिका वडा नम्बर ३ मा बेपत्ता भएका विष्णु भक्त राई,उनकी छोरी गंगा र नातिनी प्रियाको खोजी कार्य जारी रहेपनि अहिले सम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
यस्तै फालेलुङ गाउँपालिका वडा नम्बर १ का ८३ वर्षिय त्रिलोचन विकको पहिरोमा परी ज्यान गएको थियो ।
निरन्तर भइरहेको बर्षाका कारण वाढी र पहिरोले जिल्लाको जनजिवन  प्रभावित हुनेको छ । 
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

Post Comment

More देश

Onair Now Onair Now

Kalika Highlights

Started at: 22:00 HRS

Up Next

Heart To Heart

Starts at: 22:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award