अपराध

फरार अभियुक्त पक्राउ फरार अभियुक्त पक्राउ
 
मेलम्ची, २९ साउन । सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लागर्चेबाट प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्त दीपक मगरलाई पक्राउ गरेको छ । 
 
विसं २०७३ मंसिरमा लागर्चे घर भएका ५१ वर्षीय विरवल तामाङ र उनका छोरा जितबहादुर तामाङलाई काठको पिर्का र बाँसको भाटाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका थिए । 
 
फरार अभियुक्त लागर्चेका २६ वर्षीय मगरलाई तिपेनीबजारमा लुकिछिपी बसेको ठाउँबाट शनिबार राति इलाका प्रहरी कार्यालय, मेलम्ची प्रहरी चौकी तिपेनीको संयुक्त टोलीले पक्राउ गरी अनुसन्धान भइरहेको मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । रासस 

Post Comment

More अपराध

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award