मध्य नेपाल

देबघाटमा भतजनको घुइचो । देबघाटमा भतजनको घुइचो ।
कालिका साउन २ सविता दराई 
आज श्रावण महिनाको पहिलो सोमबार भगवान शिवको व्रत बसि पुजा आरधाना गरी मनाएको छ । काठमाडौँको पशुपति ,देवघाट लगायतका तिर्थस्थलमा भक्तजनको घुईँचो लागेको छ । साउन महिनामा विशेष गरी शिवको पुजा  आरधान गर्दा मनोकाक्षा  पुरा हुने जनविश्वास रहिआएको छ । विशेष गरी महिलाहरुले हरियो रंगको बस्त्र चुरा र मेहदी लगाएर भगवान शिवको पुजा तथा आरधाना गरी ब्रत बस्ने गर्छन् । साउन महिनाको सोमबर शिवको प्रिय दिन मानिन्छ । यसकारण साउन महिनाभर हिन्दु श्रद्धालु नारीहरुले रातो,  हरियो र  पहेलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पुजा गर्छन् । दिनभर ब्रत बसेर शिवको पुजा गर्नाले मनोकाक्षा पुरा हुने धार्मीक विश्वास छ । यस पटको साउन महिनामा पाच वटा सोमबार  परेकाले पनि विशेष महत्व रहेको छ । पाचवटा सोमबार परेको साउन महिनालाई शुभ र पवित्र मानिन्छ । यसै विच आज देखी नै देबघाटमा एक महिने बोल ओम मेला लागेको छ ।  देबघाटको बोलओम मेला भर्नको लागी नेपाल लगायत छिमेकी देश भारत बाट  पनि भतजनहरु आउने गर्छन् ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award