देश

प्रधानमन्त्रीसँग गण्डक र सुस्ता समस्या समाधान गर्न माग प्रधानमन्त्रीसँग  गण्डक र सुस्ता समस्या समाधान गर्न माग
हरि शर्मा
नवलपरासी, २ साउन ः गण्डक र सुस्ताका समस्या समाधानसहित नवलपरासी सीमा क्षेत्रको विकासका लागि रकम विनियोजनको मागगर्दै नवलपरासी क्षेत्र नं. ६ का सांसद देवकरण जयसवालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुद्दे ज्ञापन पत्र बुझाउनु भएको छ । 
प्रधानमन्त्री कार्यालय पुगेर सोमबार सांसद जयसवालले बुझाएको ज्ञापन पत्रमा  तराईका पिछडिएका जिल्लाहरुमध्ये नवलपरासीको क्षेत्र नं. ६ रहेको भन्दै आ.ब. २०७४÷०७५ मा विनियोजन हुने वार्षिक विकास कार्यक्रममा त्यस क्षेत्रको विकासका लागि रकम छुट्टाउन माग गरिएको छ । गण्डक नहरका कारण वर्षेनी दक्षिणभेग डुबानमा पर्दै आएको भन्दै नहर मर्मत संरक्षणका लागि डिपिआर तयार भइसक्दा पनि काम सुरु नभएकाले तत्काल निर्माण कार्य सञ्चालनको माग गरिएको छ । त्यसैगरी नारायणी नदीका कारण सुस्ता क्षेत्र कटानमा पर्दै आएकोले त्यसको तटबन्धन र ठोकर निर्माणका लागि कम्तीमा १० करोड विनियोजन गर्न अर्थ मन्त्रालयमा सिफारिस गरिदिन ज्ञापन पत्रमा आग्रह गरिएको छ । सुरजपुरास्थित बन्द रहेको विद्युत गृह सञ्चालन र भदौ महिनाभित्र उखुको मूल्य निर्धारण गर्न सम्बन्धीत मन्त्रालयमा निर्देशन गरी किसानका समस्या समाधान गरिदिन तथा रुपौलीयालगायत साविकका ६ गाविसहरुमा अव्यवस्थित रुपमा रहेका जग्गाको व्यवस्थापन गर्न अधिकार सम्पन्न आयोग गठन गर्नका लागि तत्काल पहल गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।  
 

Post Comment

More देश

Special Programs

Kalika Events

  • 12th Music Award