देश

यातायात ब्यवस्था कार्यालय भेरीका १४ कर्मचारीको जागिर चट । यातायात ब्यवस्था कार्यालय भेरीका १४ कर्मचारीको जागिर चट ।
तिलक गाउँले, नेपालगन्ज २ साउन । 
सवारी चालक अनुमतिपत्रमा करौडौको रकम कुम्लाएका यातायात ब्यवस्था कार्यालय भेरीका १४ जना कर्मचारी र तत्कालीन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी निरिक्षक सहित २ जना प्रहरी निलम्बनमा परेका छन । निलम्बनमा परे लगत्तै यातायातका १४ जना र ट्राफिकका २ जना सहित १६ जनाको जागीर चट भएको छ । अख्तियार स्रोतका अनुसार जागिर चट हुनेहरुमा यातायात ब्यवस्था कार्यालय भेरीका प्रमुख तथा उप सचिब पवन सुबेदी शाखा अधिकृतहरु सिताराम खनाल, बिश्णु सहनी, देबराज पोख्रेल रहेका छन । त्यस्तै मेकानिकल ईन्जिनियर अर्जुन कुमार चौधरी र धु्रब प्रसाद सापकोटाको पनि जागिर चट भएको छ । जागिर चट हुनेहरुमा नायव सुब्बा ललित बहादुर ओली, केशब डाँगी, होताराज पौडेल, षडानन्द उपाध्य, अरुण कुमार गौतम, डिल्लीराज खरेल, ओम बहादुर बस्नेत र गणेशमान आचार्य रहेका छन । त्यस्तै सो काण्डमा मिलोमतो गरी करौडौ कुम्लाएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रहरी निरिक्षक बिमल कुमार उपाध्यय र प्रहरी नायब निरिक्षक दिपेन्द्र बहादुर सिंहको पनि जागिर चट भएको छ । सो काण्डमै मुछिएका प्रहरी नायब निरिक्षक खेम बिक्रम केसी भने जागिर चट हुनबाट बचेका छन । सवारी चालक अनुमतिपत्रको भ्रष्टाचार काण्डमा केसीको संलग्नता भएपनि सिंह भने अनाहकमै फसेको ट्राफिककै केही कर्मचारीहरु बताउछन । यसैबिच सो काण्डमा मुछिएका यातायात ब्यवस्था कार्यालय भेरी, नेपालगञ्जका का १४ र ट्राफिकका २ कर्मचारीहरुले अख्तियारको दुरुपयोग गरेको ठहर गर्दै आईतवार बिशेष अदालत काठमाण्डौंमा मुद्धा दर्ता गरीएकको छ । गत असारको १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको करीब २ महिनाको लामो अनुसन्धान पछी काठमाण्डौ बिशेष अदालतमा मुद्धा दर्ता गरीएको र मुद्धा दर्ता भएका सबै कर्मचारीहरुको जागीर हाल लाई चट भएको छ । 
यातायात ब्यवस्था कार्यालय भेरी केही बर्ष यता बदनामी कार्यालयको रुपमा चिनिदै आएको थियो । सवारी चालक अनुमतिपत्रमा सबैभन्दा बढि बदनामी कमाएको सो कार्यालयका कर्मचारी पछिल्लो शमय सवारी चालक अनुमतिपत्र बितरणकै काण्डमा जागिर चट बनाएका हुन । सवारी चालक अनुमतिपत्र सो कार्यालयबाट सजिलै प्राप्त गर्न सकिने भएपछी सुदुरपश्चिम देखी बुटवल नारायणघाट,काठमाण्डौ सम्मका सेवाग्राहीहरु सवारी चालक अनुमतिपत्र लिन आउने गर्दथे । कर्मचारीहरुले घुसखान मिल्ने धेरै प्राबिधिक बिषय भएकाले घुस खान मिल्ने ठाउंहरु जस्तो सवारी चालक अनुमतीपत्र, गाडीको सडक अनुमती पत्र, सवारी दर्ता, नबिकरण एवम जांच पास जस्ता प्राबिधिक बिषयमा घुस खाएर काम सजिलै हुने र नदिए प्राबिधिक बिषयमा फेल हुने भएकाले उक्त कार्यालय घुसे अडडाको रुपमा बदनाम हुँदै आएको थियो । नेपालगञ्जमा दलाल र कर्मचारी मिलेर कार्यालय बाहिर बस पार्क स्थित एक होटलमा कार्यालयको फाइल सहित लाइसेन्स बितरण गरीरहेको अवस्थामा कर्मचारीलाई प्रहरीले रंगेहत पक्राउ गर्दा पनि ति कर्मचारीलाई सफाइ दिने कार्यले भ्रष्टाचारलाई बढावा दिएको थियो । यातायातका कर्मचारीले ठुलो रकम खर्च गरेर उक्त घटनामा सफाई पाएका थिए । यातायात ब्यवस्था कार्यालय नेपालगञ्जमा गत बर्ष बिभिन्न क्षेत्रबाट कार्यालयमा भएको अतिरिक्त आम्दानी सहमर्कीहरुलाई नबांडेर सवारी चालक अनुमतीपत्रको बाहिरी आम्दानी दलालले नदिएको बताउदै कार्यालय प्रमुख पवन सुवेदीले एक्लै करीब २ करोड रुपैया खाएकोमा कर्मचारीहरु रिसाएका थिए । कर्मचारीहरु रिसाएर उक्त रकम बाडनुपर्ने माग मिटीङ्गमा कर्मचारीहरुको एक हुलले उठाएका थिए । उक्त माग पछी धेरै जसो काजमा बसेका कर्मचारीहरुले चर्को विवाद गदै आएकोमा अख्तियारले छापा मार्नु र बिभागीय टोलीको अनुसन्धान आउनु अघि नै केही कर्मचारीहरुले कार्यालय प्रमुख पवन सुवेदीले कार्यालय सगै रहेको माथील्लो तलामा रहेको निवासमा बिहानको खाना खादै गर्दा सुवेदीकी श्रीमती कै अगाडी झडपको स्थिती सृर्जना भएको थियो । उक्त घटनापछी केही कर्मचारी आफनो काज फिर्ता र केही सरुवा गरी गएको केही दिनमा नै यातायात भित्र प्रक्रियागत रुपमा भ्रष्टाचार हुने गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले उक्त उजरी उपर छानवीन गर्दा कार्यालय प्रमुख रहेका उप–सचिव पवन सुवेदी लगायत शाखा अधिकृत, मेकानिकल इन्जिनियर, नायब सुब्बा र  प्रहरी निरीक्षक सहित २ जना प्रहरीले हाल जागीरबाट हात धुनुपरेको छ । स्रोतका अनुसार यातायात कार्यालय भेरी, नेपालगञ्जमा इटहरी जस्तो ठुलो रकम हिनामिनाको सबुत पहिल्यै नै मिलाएकाले केही कर्मचारीहरुले सफाइ पाउनका लागी काठमाडौं धाईरहेका छन । 
 

Post Comment

More देश

Special Programs

Kalika Events

  • 12th Music Award