मध्य नेपाल

नेपाल दरै उटत्थानद्धरा कम्प्युटर तालिम समापन तथा जनप्रनिधि सम्मान । नेपाल दरै उटत्थानद्धरा कम्प्युटर तालिम समापन तथा जनप्रनिधि सम्मान ।
कालिका असार ५ सविता दराई 
नेपाल दरै उत्थान समाज चितवनले निशुल्क कम्युटर तालिम समापन गर्नुका साथै देशका विभिन्न स्थानबाट स्थानिय तहको निर्वाचनमा निर्वाचीत हुनु भएका वडा अध्यक्ष तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । समाजले जनजाति उत्थान रायिष्ट्रय प्रतिष्ठानको आर्थिक सहयोगमा यहि चैत्र २८ गते देखी एस इ इ दिएर बसेका दरै विधार्थीको लागी सन्चालन गरेको कप्युटर तालिम समापन गरेको हो । यस्तै देशका विभिन्न जिल्लाबाट स्थानिय तहमा निर्वाचन भएका २ जना वडा अध्यक्ष र १६ जना सदस्य सहित १८ जना दरै जनप्रनिधिहरुलाई  बधाई दिनुका साथै सम्मान गरको हो । नेपाल दरै उत्थान समाज चितवनका अध्यक्ष राम बहादुर दराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल दरै उत्थान समाज चितवनका पुर्व अध्यक्ष तथा जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठान सन्चालक समितिका सदस्य मंगलराम दराईले टिका खादा लगाई जनप्रनिधिलाई बधाई तथा सम्मान गर्नु भएको छ भने विभिन्न ६० जना कप्युटर तालिम लिएका विधार्थी पशिक्षार्थीलाई प्रमाणपत्र दिनु भएको छ । कार्यक्रममा विशिष्ठ अतिथिहरु नेपाल दरैउत्थान समाजका केन्द्रीय अध्यक्ष तम बहादुर दराई र आदिवासी जनजाति उत्थान महासंघ का निवर्तमान केन्द्रय उपाध्यक्ष तपीया दराईले शुभकामना मन्तब्य दिनु भएको थियो भने कार्यक्मको सन्चालन सचिव मंगलराज दराइले गर्नु भएको थियो ।  
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Moi Jhyang Moi Dhut

Started at: 17:05 HRS

Up Next

Kalika News Express

Starts at: 17:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award