मध्य नेपाल

फेस अफचितवनको उपाधि सोनालको पक्षमा फेस अफचितवनको उपाधि सोनालको पक्षमा
आषाढ ०४,  भरतपुर 
मञ्जरी ग्रुपले आयोजना गरेको फेस अफ चितवनको शनिवार राती सम्पन्न अन्तिम प्रतियोगितामा भरतपुर हाकिमचोकका सोनाललामाले उपाधिचुमेका छन ।
 
गैडाकोटका रोहित शेर्पालीले फेस अफचितवन इन्टरनेशनलको उपाधिजितेका छन । शेर्पालीआगामी फ्रेवुअरीमा टर्किमाहुनेमाअन्तराष्टिय प्रतियोगितामा सहभागिताजनाउनपाउने छन ।  प्रतियोगितामा रामनगरका प्रवेश कडेल फष्ट रनरअप , फुलवारीकासिजनगौतम सेकेण्ड रनरअप र थर्ड रनर अप र फेस अफचितवनएसियाको उपाधिगौरीगंजकाप्रदिपपौडेलको पोल्टामा परेको छ ।
 
प्रतियोगितको अर्गनाइजर च्वाइस उपाधिभने नारायणगढ लिलाचोककाकुशलराजराज भण्डारीले जितेका छन । प्रतियोगितामा मिष्टर नेपाल २०१४ सुरज चिलुवाल, फेस अफवल्ड पियुस कर्ण , मिसेस तिज चितवन २०६८ रोजिश्रेष्ठ, सञ्चारकर्मि सुरज थापा मगर, यति एयर लाइन्स भरतपुरका एसिसेण्ट म्यानेजर अनुप ढकाल र इभेण्ट अर्गनाइजर मिनाझाले निर्णायकको भुमिकानिर्वाह गरेका थिए । 
 
कालिका मिडियाकी निर्देशक रीना गुरुङ्गको प्रमुख आतिथ्यता रहेको प्रतियोगितामा मिष्टर नेपाल २०१७ का उपाधिविजेतालाइ समेत सम्मानगरिएको थियो । मिस तिलोत्तमा र मिस टिन चितवनले आफ्नो वाक गरेका थिए । भरतपुरको रोज गार्डेन पाटि प्यालेसमा सम्पन्नप्रतियोगिताको उत्कृष्ट तीनविजेतालाइअव एक बर्षसम्म स्थानिय टेलि भिजनमा रोजगारको व्यवस्थागरिदिने मञ्जरीकाअध्यक्षबिशालएचआलेले बताए ।
 
अडिसन वाट छनोटमा परेका ३४ जनाप्रतियोगिता वाट विभिन्न चरणमा छनोट हुदै ६ जनाले अन्तिमप्रतियोगितामा सहभागिताजनाएकाथिए ।  कालिका मिडियाकी निर्देशक रीना गुरुङ्गको प्रमुख आतिथ्यता रहेको प्रतिायोगितामा एरोमाकलेज अफ फेशनको पहिरन, रोयल क्याप्चरको फोटोग्राफि र प्रज्ञा तिवारीको कोरियोग्राफि रहेको छ ।
 
मञ्जरी ग्रुपले यसअघि मिस एरोमाचितवन , मिस माडी, मिष्टर एण्ड मिस चितवन एसइइ , लिटिल चितवन , मिस स्नो ह्वा०ट र मञ्जरी फेसन मन्थ आयोजनागदै आइरहेको छ । 

 

फेस अफचितवनको उपाधि सोनालको पक्षमा

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Moi Jhyang Moi Dhut

Started at: 17:05 HRS

Up Next

Kalika News Express

Starts at: 17:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award