साहित्य

‘विपद् पत्रकारिता’ सार्वजनिक ‘विपद् पत्रकारिता’ सार्वजनिक
काठमाडौँ, ६ फागुन ।
चार वरिष्ठ सञ्चारकर्मीको संयुक्त लेखनमा ‘विपद् पत्रकारिता’ सम्बन्धी पुस्तक प्रकाशनमा आएको छ । 
 
आमसञ्चार विषयका प्रा रामकृष्ण रेग्मी, पत्रकार श्रीरामसिंह बस्नेत, बद्री तिवारी र विष्णुप्रसाद शर्मा पराजुलीले सो पुस्तक लेख्नुभएको हो । उक्त पुस्तकमा सङ्कट सञ्चार तथा प्राकृतिक विपद्को स्थिति, आमसञ्चार माध्यममा विपद् सूचना प्रवाह, विपद् सुरक्षा चासो तथा भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण, विपद् पत्रकारिता नैतिकता, विपत्मा सञ्चारको महत्व र आवश्यकताबारे व्याख्या गरिएको छ । 
 
राष्ट्रिय सञ्चार विकास केन्द्रले प्रकाशनमा ल्याएको उक्त पुस्तकको आज नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन डारेन ह्वाइट र सूचना विभागका महानिर्देशक वीरबहादुर राईले संयुक्त रुपमा विमोचन गर्नुभयो । 
 
सो अवसरमा राजदूत ह्वाइटले प्राकृतिक विपद् संवेदनशील विषय भएकाले पत्रकारले रचनात्मक ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने आँैल्याउँदै प्राकृतिक विपद्बारे समुदायस्तरमा अभिमुखीकरण गर्न आफ्नो देशले निरन्तर सहयोग गर्ने बताउनुभयो । 
विपद् सञ्चार रणनीति आउने 
विभागका महानिर्देशक राईले विपद् सञ्चार व्यवस्थापनलाई प्रभावकारी बनाउन विभाग ‘विपद् सञ्चार रणनीति’ बनाउने तयारीमा रहेको जानकारी दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले भौगोलिक परिवेशका कारण नेपालका लागि विपद् पत्रकारिता आवश्यक रहेकाले पुस्तक सान्दर्भिक हुने बताउनुभयो । 
 
पुस्तकको समीक्षा गर्दै पत्रकार रघुनाथ लामिछानेले प्रकोप र विपद्बारे विवरणात्मक जानकारी समेटिएको पुस्तकले संवेदनशील विषय विपद् पत्रकारितालाई ‘बिट’कै रुपमा स्थापित गर्न सहयोगी हुने बताउनुभयो । 
 
पुस्तकका लेखक बस्नेतले विपद्को क्षेत्र विस्तृत भए पनि सङ्क्षिप्तसन्दर्भ सामग्रीका रुपमा विषयवस्तु उजागर गरिएको बताउँदै राज्य व्यवस्थादेखि समुदायसम्म विपद् व्यवस्थापनबारे कार्यशैली र नीति परिवर्तन गर्न पुस्तक उपयोगी हुने उल्लेख गर्नुभयो । 
 
केन्द्रका उपाध्यक्ष पराजुलीले पत्रकारलाई कार्यस्थलमा विपद् पत्रकारिताबारे जानकारी गराई समग्र सञ्चार क्षेत्रलाई सशक्तीकरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताउनुभयो । रासस

Post Comment

More साहित्य

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award