घटना दुर्घटना

मोटरसाईकल दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु । मोटरसाईकल दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु ।
विकास बन्जाडे
कपिलवस्तु  फागुन ६ ।
कपिलवस्तुमा आज दिउसो भएको मोटरसाईकल दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको जीतपुर गोरुसिंगे खण्डको बलहुन्द्रा खोला नजिक मोटरसाईकल दुर्घटनामा परी धनगढि उपमहानगरपालिका ५ हसनपुरका ३४ वर्षीय डेबिट सिंहको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
काठमाण्डौबाट धनगढि जादै गरेको बा.१७ प. ५८४५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जादै गरेको रा.१ ख. ८२८ नम्बरको टिप्परसंग ठक्कर खादा मोटरसाईकल दुर्घटना परेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार घाइते खेमराज सिंहको स्थानीय मेडिकलमा उपचार भएको छ । 
 
यसैबीच गएराती पुर्वपश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको शिवपुरमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा अर्घाखाँचीको खिदिम गाविस ९ का १९ वर्षीय महेश सुनार रहेको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award