मध्य नेपाल

ज्येष्ठ नागरीक संघ भरतपुर १० को अध्यक्षमा ध्रुबराज शर्मा अर्याल ।
कालिका फागुन—६ सविता दराई 
ज्येष्ठ नागरीक संघ भरतपुर १० चितवनको अध्यक्षमा ध्रुवराज शर्मा अर्याल निर्वाचीत हुनु भएको छ । शुक्रबार संघको ५ औ बार्षिक साधारण सधा तथा चौथो अधिबेसनले  अर्यालको अध्यक्षतामा ११  सदस्यीय नया कार्य  समिति गठन गरेको हो । जसको उपाध्यक्षमा पदमराज सुवेदी, सचिवमा रघुनाथ शर्मा, कोषाध्यक्षमा दधिराम काफ्ले, सदस्यहरुमा ईन्दीरादेबी शर्मा,भोजराज न्यौपाने, देबी कुमारी सापकोटा, लक्ष्मणकान्त शर्मा सर्वसमीतीले चयन हुनु भएको हो ।   संघले तिन जना पछी मनोनित हुने जनाएको छ । ज्येष्ठ नागरीक कार्यक्रमका निर्वाचन अधिकृत रेशमलाल श्रेष्ठले नब निर्वाचीत पदाधीकारीको नाम सर्वसमितीले चयन भएको घोषण गर्नुका साथै शुभकामना दिनु भएको थियो । 
 
कार्यक्रमका प्रमुख अतिथी एवम सांसद रामकृष्ण घिमिरेले ज्येष्ठ नागरीकलाई बेवास्ता गरे इतिहासलाई नै वेवास्ता गरे सरह हुने  बताउनु भएको छ । सरकारले ज्येष्ठ नागरिकको क्षेत्रमा गरेको कामहरुमा केहि कमजोरी भएपनि त्यस्लाई विस्तारै सुधार गर्दै लैजाने  बताउनु भएको छ । यस्तै अहिलेको संविधानले सम्पुर्ण क्षेत्र,वर्ग र समुदायका व्यत्तिहरुको हक र अधिकारलाई समेटेको भन्दै संविधान कार्यान्वयन हुन आवश्यक रहेको बताउनु भयो । यस्तै ज्येष्ठ नागरिक संघ चितवनका निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदीले ज्येष्ठ नागरिकहरु एक ठाउमा भेला भएर आफ्ना समस्याहरुबारे छलफल गर्न आवश्यक रहेको बताउनु भयो । यस्तै  कार्यक्रममा ज्येष्ठ नागरिकको लागि बनेको सेवा सुविधाहरु लिखतमा मात्रै सिमित रहेको प्रति ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।  कार्यक्रममा १० जना ज्येष्ठ नागरिकहरुलाई छाता,दोसल्ला र सम्मान पत्रले समेत सम्मान गरिएको छ । कार्यक्रममा ज्येष्ठ नागरिक संघ चितवनका सचिव तथा कार्यक्रम सन्चालक देवी कुमारी सापकोटाले प्रगति प्रतिवेदन पेश गर्नु भएकमो थियो भने कोषाध्यक्ष भेषराज न्यौपानेले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा पुर्व सांसद भिम बहादुर श्रेष्ठ,महिला तथा बालबालिका कार्यालयकी महिला विकास निरिक्षक सीता लामिछाने,राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य ऋषिराम न्यौपाने लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।  
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award