मनोरञ्जन

जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
काठमाडौँ बैशाख ३ गते
जेठ १८मा ‘बेवी आइ लभ यु’ रिलिज हुने भएको छ । शिव न्यौपानेको प्रस्तुती रहेको ‘बेवी आइ लभ यु’मा सन्तोष खड्गी र पूजा तिवारी, सरोज खनाल, निर्मल शर्माको मुख्य भूमिका रहेको छ । फिल्मको कथा तथा संगीत नव नायक सन्तोष खड्गीकै रहेको छ । कार्टुन्ज क्रु फिचरिङ फिल्ममा समावेश कान्छी मायालु बोलको गीत सार्वजनिक भैसकेको छ ।
 
‘बेवी आई लभ यु’मा सृजना परियार र दुर्गा पाण्डे सह(निर्माताको रुपमा रहेका छन् । फिल्मले युवा दर्शकलाई हलमा आकर्षण गर्ने युवा निर्माता शिव न्यौपान बताउँछन् । फिल्मको छायाँकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ । पछिल्लो समय एक पछी अर्को फिल्म रिलिज डेट जुधिरहेका छन । गत चैत्र ३० गते फिल्म लिली बिली र नेप्ट एक साथ रिलिज भएका थिए भने बैशाख १४ गते फिल्म कोहलपुर एक्स्प्रेस र ह्याप्पी डेज जुद्धै छन । यसै बिच फिल्म ‘बेवी आइ लभ यु’ले आफ्नो प्रदर्शन मिती जेठ १८ गते तय गरेको छ । जेठ १८ मै दयाहाङ राईको ‘भैरे’पनी रिलिज हुँदै छ ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award