मनोरञ्जन

शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
दमौली, तनहुँ, १ वैशाख रासस
नवलपरासीको दुम्कौलीस्थित शाश्वत धामको आजमात्रै २५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरेका छन् । नयाँ वर्ष २०७५ को अवसरमा उक्त दिन शाश्वत धामको अवलोकन गर्न हजारौँ व्यक्तिको ओइरो लागेको थियो । अवलोकनकर्ताको भीडका कारण शाश्वत धाम संरक्षण समितिका पदाधिकारीलाई व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको थियो । 
 
देशका विभिन्न ठाउँ तथा भारत र अन्य देशका पर्यटकको शाश्वत धाम अवलोकन गर्न घुइँचो लागेको हो । नयाँ वर्षका दिन आजमात्रै ३० हजारभन्दा बढी व्यक्तिले शाश्वत धाम ९सिजी०को अवलोकन गरेको शाश्वत धामका प्रमुख ९सिइओ० नारायण श्रेष्ठले बताउनुभयो । 
 
आन्तरिक एवं बाह्य पर्यटकको भीडका कारण व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको जानकारी उहाँले दिनुभयो । 
 
वरिष्ठ उद्योगपति विनोद चौधरीको लगानीमा निर्माण गरिएको शाश्वत धाम यतिबेला मुलुककै पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बन्दै गएको बताइएको छ । 
 
नयाँ शैली खजुराव मा निर्माण गरिएको आकर्षण भौतिक संरचना र त्यहाँ रहेको हिन्दू, बौद्ध धर्मावलम्बीहरुले मान्ने देवीदेवताका मूर्ति, परम्परागत वेशभूषा र संग्रहालयका साथै अन्य आकर्षण आकृतिहरुले आन्तरिक एवं बाह्य पर्यटकको ध्यान खिच्ने गरेको प्रशासन प्रमुख सरोज शर्माले बताउनुभयो । 
 
लमजुङबाट गएका सूर्य बराल सिजी पहिलो पटक देख्दा दंग परे । सिजी मनोरञ्जन गर्ने ठाउँमात्र नभएर ज्ञानबद्र्धक ठाउँसमेत रहेछ उहाँले भन्नुभयो । अवलोकनकर्तालाई निःशुल्क रुपमा त्यसको अवलोकन गर्ने व्यवस्था र संग्रहालय हेर्न रु १०० को टिकट काट्ने व्यवस्था मिलाइएको शाश्वत धाम संरक्षण समितिले जनाएको छ । 
––– 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award