मनोरञ्जन

जितेर पनि हारमा छन् पुष्प जितेर पनि हारमा छन् पुष्प
काठमाडौँ,बैशाख १ गते
गायक शिव परियारको स्वर रहेको ‘जितेर पनि हारमा छु’ बोलको गीत सार्वक भएको छ । यो गीत सुरेश वाग्लेको गीती एल्बम ‘तिमी साथ भएपछि’मा समावेश छ ।
 
सुरेश यस गीतका गीतकार हुन् भने गीतमा हरी लम्सालको संगीत रहेको छ ।गीतमा सबै कुरा जेतेर पनि मान्छे भित्री रुपमा दुस्खित हुन्छ वा आफैसँग हारिरहेको हुन्छ भन्ने परिवेश सम्झेर गीत लेखिएको गीतकार सुरेश वाग्लेले बताए । त्यस्तै, गायक शिव परियारले पनि गीतको शब्द तथा संगीत एकदमै राम्रो भन्दै यस गीतले पुरानो गजल गीतको ट्रेन पुनस्स्थापित गर्ने बताए । उनले भने ‘धेरै पछि एक राम्रो गीत गाउने मैक पाएको छु । दर्शक(श्रोताले यस गीतलाई मन पराइदिनुहुन्छ भन्ने आशा छ ।’
शान थापाको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा पुष्प खड्का र मरिष्का पोखरेल फिचरिङ छन् । गीतको शब्द अनुसारको भिडियो तयार गरिएको निर्देशक शान थापाले बताएका छन् । उनले भने ‘गीतको शब्द एकदमै राम्रो छ । त्यहीँ शब्द अनुसारको भिडियो बनाएको छु ।’ अर्जुन तिवारीको छायाङ्कन रहेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
यस एल्बममा समावेश एक गीत ‘तिमी साथ’लाई धेरै दर्शक(श्रोताले मन पराएका छन् । बुद्ध लामाको स्वर रहेको उक्त गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा पनि पर्न सफल थियो । हाल उक्त गीतले युट्युबमा ११ लाख बढि पटक हेरिएको छ ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

kalika Add Super Star

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award