मनोरञ्जन

सर्जक दीपक कंडेलको गित संगितमा नशा यस्तो छ, पुर्ण पाठ सहित सर्जक दीपक कंडेलको गित संगितमा नशा यस्तो छ, पुर्ण पाठ सहित
कालिका, चितवन, फागनु २१। 
साँगितिक क्षेत्रमा लागिरहेका र पछिल्लो समयमा चर्चा बटुल्दैगरेका सर्जक हुन दीपक कंडेल। दीपकलाई सर्जक मात्र भन्न मिल्दैन उनि पछिल्लो समय म्युजिक भिडियो निर्देशकको रुपमा पनि देखिका छन। बिदेशी भुमी जापानमा कार्यरत दीपक अहिले सम्म दर्जजनौ गीत संगिगतको रचना गरिसकेका छन र आधा दर्जन भन्दा बडि आँफ्नो शिर्जना दर्शक अनि श्रोतालाई पनि दिएका छन । यसै पेरि फेरीमा रहेर आज हामीले तिनै सर्जक दीपकसँग कुराकानी गर्दै छौ । 
दीपक जी स्वागत छ यहाँलाई  कालिका एफ एममा 
हजुर धन्यवाद !
आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
बिदेशि जीवन पर्यो केदार जी, यस्तै छ जापानको एक होटलमा कुक छु। कुकको काम त्यही त हो । फुर्सद हुदाँको  समयमा साँगितिक  रचना गर्छू अहिले यत्ति भनौ । 
 
तपाईको सांगीतीक यात्रा कसरी र कहाँबाट शुरु भयो ?
मेरो साँगितिक यात्रा २०७१ सालबाट सुरु भएको हो । मलाई संगीत सानैदेखि नै मन पर्दथ्यो , बिडमबना भनौ या के भनौ कलाकारसँग त्यती बेला खासै समर्पकमा थिईन । सानै उमेर देखी गीतहरु बनाउने प्रयास गर्थे अग्रजले झनै हौसला थप्नु हुन्थ्यो झन मोहनी नै लगथ्यो बिस्तारै गरिबीले बिदेश धकेलियो । अनि जापानमै रहेर पहिलो शिर्जनाको रुपमा   ‘हिरा मोती’ सुन फल्छ यहि देशमा नजाम अब जापान र कोरिया यै गीतबाट अन्य गीत निकाल्ने हौसला मिल्यो यसरिनै सुरु भयो । 
 
गायन क्षेत्रमा लागेर खुसी हुनुहुन्छ ? कस्ता खाले संगितमा बढी रुची राख्नुहुन्छ ?
गायन क्षेत्रमा लागेर धेरै खुसी छु । किनकि मलाई संगीत शिर्जनाले बाच्न सिकायो, यसले थप उर्जा पनि दिएको छ । म खाली समयमा सधै संगितमै हुन्छु गीतहरु रच्छु । साथै म आधुनिक सगै लोक गीतमा बढी रुची छ, तर गाउन र सुन्न सबै किसिमका नेपाली गित सङ्गीत मन पर्छ । तर पनि छ लोक गीतहरुको शिर्जना  गर्ने गर्दछु । खुशी छु दर्शक श्रोताको माया पाएको छु । पहिलो शिर्जनाको रुपमा   ‘हिरा मोती’ निकाले त्यो गीतले झनै यस क्षेत्रमा हौसायो । त्यस पछि कठै मेरो जुनी भन्ने गीतलाई बजारमा ल्याने तदारुकताका साथ सब्द लेखनमा ब्यस्त भईयो । त्यो गीतलाई पनि धेरै जनाले मन पराउनु भयो । 
 
तपाईलाई अहरुले कस्तो खालको सर्जक भनेर चिन्छन के लाग्छ  ?
हजुर मैले सन्देस मुलक गीतहरु बढी ल्याउने गर्छु । अज भन्दा मेरा शब्दहरु धेरै कलाकारले मन पराई दिनु हुन्छ  ।   गीत संगीतले फरक स्वाद फरक सन्देस दिनुपर्छ भन्ने सोचमा सधै रहन्छु त्यसैले सकरात्मक सोच सकरात्मक उर्जा प्रदान गर्ने सर्जकको रुपमा लिनुहुनुन्छ जस्तो लाग्छ ।
 
तपाईको पहिलो एल्बम कुन हो, र त्यसले कति चर्चा पायो बजारमा ?
मेरो पहिलो एल्वम ‘हिरा मोती’ हो । उक्त एल्बमले बजारमा राम्रै चर्चा पायो, समग्रमा ‘हिरा मोती’ एल्वम राम्रो रह्यो र मलाई साँगितिक यात्रामा अगाडी बढ्नका लागि प्रेरीत गरायो । मेरा चर्चा पाएका गीतको सुचिमा हिरा मोती, कठै मेरो जुनी, टोकियोको रोधि घरैमा हुन । 
 
आगामी दिनमा यस क्षेत्रमा तपाईको योजना के छ ?
म भविष्यमा सर्जक मात्र नभएर अन्य क्षेत्रमा पनि काम गर्ने योजनामा छु । गीत संगीत नशा हो म यसबाट अलग हुन सक्दीन् । अझ यस पालि मैले निर्देशक क्षेत्रमानी हात हालेको छु । खासमा अब म सर्जक सँगै निर्देहशकमा रहन्छु । 
 
तपाईको साँगितिक यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?
मलाई गायन क्षेत्रमा तारीफ र सपोर्ट गर्नुहुने आदरणीय दर्शक श्रोताहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु । आगामी दिनमा निरन्तर माया, सहयोग र सल्लाह सुझावको अपेक्षा राख्दछु । साथै मलाई गाली गर्ने दर्शक श्रोताहरुको लागि तपाईहरु अझै गाली गर्नुहोस कुरा काट्दै जानुहोस तर म भने अझ बलियो बन्दै जान्छु हजुरहरूको गाली र नकारात्मक सोचाइले भन्न चाहान्छु । दर्शक श्रोता भगवान हुन , सच्चउने बाटो दिनु पर्यौ । 
 
पढाई कहाँ सम्म पुराउनु भयो र यहाँसम्म आउने प्रेरणा कसरी मिल्यो ?
पढाईको सन्दर्भमा भन्नु पर्दा मैले खासै पडाईलाई अगाडि बडाउन  ततपश्चात बिदेशिन बाध्य भईयो। सङ्गीत क्षेत्र निरन्तर लागि रहेको छु । मलाई यहाँसम्म ल्याई पुराउने प्रेरणाको श्रोत घर परिवारका सबै सदस्यहरुको महत्वपूर्ण भुमिका रहेको छ । अज मलाई यहा सम्म ल्याउन आदरणिय दाजु कृष्ण आचार्यले निकै सहयोग गर्नु भो । सायद कृष्ण दाजु नभएको भए मैले गीत संगितमा हौसला पाउने थिईन होला । र म प्रदेशमा रहदाँ मेरा मित्र प्रेम सापकोटा सोनुसँग  सहकार्य गर्न पाएको छु मेरो प्ररणा र हौसलाई यहाँहरुनै  हो । 
 
अन्त्यमा दर्शक श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?
आदरणीय दर्शक श्रोताहरुले मैले बजारमा पस्किएका गितहरु सुनिदिनुहोस माया गरिदिनुहोस, राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिहोस तपाईहरुको माया, सहयोग र सल्लाह सुझाव नै मेरो लागि थप हौसला हुनेछ भन्न चाहान्छु । साथै पाठक वर्गहरुलाई पनि सम्झन चाहान्छु । धन्यवाद !
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Cine Sopan

Started at: 10:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 11:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award