मनोरञ्जन

चलचित्र गाँजाबाजा फाल्गुन २५ गते प्रदर्शनमा आउदै चलचित्र गाँजाबाजा फाल्गुन २५ गते प्रदर्शनमा आउदै
कालिका, फाल्गुण, २० ।
चलचित्र गाँजाबाजा यहि फाल्गुन २५ गते नेपाल भरीनै प्रदर्शनमा आउने भएको छ । नामकै कारण बिवादमा परेको सो चलचित्रको अन्तत फाल्गुन २५ गते प्रदर्शनमा आउने निर्देशक गणेशदेव पाण्डेले जनाकारी दिनु भएको छ ।
 
चलचित्रको प्रचार प्रसारमा देश दौडाहाको क्रममा चितवन आईपुग्नु भएका निर्देशक पाण्डेले बिगत २ वर्षको बिवाद पश्चात अन्तमा सो चलचित्र प्रदर्शनमा आउन लागेको बताउनु भएको हो । उहाँका अनुसार नामका कारण चलचित्र बिकास बोर्डले बिवाद निकाल्दा आफुहरु सर्वोच्च अदालत सम्मपुगे पनि पछि सहमतिमा मुदा मीलेको थियो ।
 
चलचित्र गाँजाको लत लागेका २ जना युवाहरु गाजा खोज्दै भौंतारिने क्रममा भएका घटनाको आधारमा निर्माण गरीएको छ । दीपेन्द्र रेग्मी र गोमा बिष्टले निर्माण गर्नुभएको चलचित्रमा अनुपम शर्मा, सुशिल सिटौला, अम्बर सुवेदी, रविन थापा, बर्षा सिवाकोटी, रक्षा श्रेष्ठ लगायतका कलाकारको भूमिका रहेका छन् ।
 
चलचित्रको प्रचार प्रसारका लागि हाल गाँजाबाजाको टोली पोखरा बाट शुरु भई, बुटवल हुदै चितवन आई पुगेको हो । भने हेटौटा, धरान, बिर्तामोड हुर्दे काठमाण्डौं फर्कने छ ।

चलचित्र गाँजाबाजा फाल्गुन २५ गते प्रदर्शनमा आउदै

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 11:00 HRS

Up Next

Lek Beshi

Starts at: 11:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award