मनोरञ्जन

नाकाको टोली चितवनमा ÷चलचित्रमा तस्करीका वास्तविकतालाई झल्काउने प्रयास गरीएको भनाई नाकाको टोली चितवनमा ÷चलचित्रमा  तस्करीका वास्तविकतालाई  झल्काउने प्रयास गरीएको भनाई
गीता गुरुङ्, कालिका, फागुन १४ ।
नेपाल र चाईनाको बोडरमा हुने तस्करीको घटनालाई समेटेर बनाईएको नेपाली चलचित्र ‘नाका’ प्रदर्शनमा आउने भएको छ । आज चितवनको भरतपुरमा पत्रकार सम्मेलको आयोजना गर्दै चलचित्र नाकाका टोलीले यहि फाल्गुन १७ गते राजधानी बहिर र १८ गते काठमाण्डौंमा प्रदर्शनीमा आउन लागेको जानकारी दिएको हो । 
 
चलचित्र ‘नाका’मा बाह्रविसे नाकाबाट हुने रक्तचन्दन, सुन तस्करीका लगाएतका कुरालाई चलचित्र मार्फत देखाउन खोजेको छ । सो चलचित्रमा बोडरमा हुने तस्करीका वास्तविकतालाई पूर्ण रुपमा झल्काउने प्रयास गरिएको निर्माता प्रविन टकी कार्कीले बताउनु भएको छ । चलचित्र प्रमोसनका लागी चितवन आईपुगेका निर्माता कार्कीले तिब्बती कालो भोटे (धर्मगुरु) हरुलाई लुकाएर भारतसम्म लैजाने क्रमका घटनाहरुलाई पनि चलचित्रमा समावेश गरीएको जनाउनु भयो । बिपिन कार्की र थिन्ले ल्हामोको मुख्य भुमीका रहेको चलचित्रलाई एक पटक हेर्न दुबै मुख्य कलाकारले सम्मेलनमा आग्रह गर्नु भएको छ । 
 
निर्देशक अमित श्रेष्ठद्धार निर्दे्शित चलचित्रमा रबिन तामाङ, शिब मुखिया, राम भजन कमत, सुजन थापा मगर, अभिषेक सुवेदी, केशब राइर्, प्रकाश गन्दर्भ,  लगायतका कलाकारहरुले अभिनय गरेका छन् । करीव ९० लाखको लागतमा सम्पन्न चलचित्रको मिडिया पोर्ट र हाईलाईट्स नेपालको प्रस्तुतिमा निर्माण गरीएको छ । भने अभिषेक सुवेदीले कथा लेखेका हुन् । चलचित्रकै प्रमोसनका लागि हाल ‘नाका’का टोली देश दौडाहामा छन् । पोखरा बाट शुरु भई, बुटवल हुदै उनिहरु चितवन आई पुगेको हो । 
चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष राजकुमार लामीछानेको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरु बिपिन कार्की, थिन्ले ल्हामोे, निर्माता प्रविन टकी कार्की लगाएतको सहभागीता रहेको थियो । 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 02:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 03:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award