मनोरञ्जन

भरतीय नायिका ईलियानाको गुपचुप बिहे भएको चर्चा भरतीय नायिका ईलियानाको गुपचुप बिहे भएको चर्चा
माघ, २३ ।
सोसल मीडियामा लामो समय देखि भारतीय नायिका ईलियाना डिक्रुजको विहेको चर्चा चल्दै आईरहेको छ ।
 
खवर थियो कि उनले गुपचुप बिहे गरेकी थिईन् । जानकारी अनुसार उनले आफ्नो लामो समय देखि सम्बन्धमा रहेको ब्वाईफ्रेण्ड एंडु निवोन संग बिहे गरेकी छिन् । किनभने पछिल्लो केहि समय ईलियानाले आफ्नो ईन्स्ट्रागाममा धेरै पटक फोटोहरु सेयर गरेकी छिन् ।
 
जसमा उनि निवोनको साथमा देखिएकी छिन् । खासगरी उनको क्रिसमसको तस्वीरलाई लिएर धेरै हल्ला भएको थियो । उनले क्याप्सनमा लेखेको थियो की माई फेवरेट टाईम अफ द ईयर, ह्याप्पी टाईम, फोटो बाई हबी र उननले सो तस्विर निवोन लाई ट्याग गरेकी थिईन् । यस्तैमा जव राजकुमार गुप्ताको नया फिल्म “रेड”को ट्रेलर सार्वजनीक समारोहमा उनलाई यो प्रश्न गरीएको थियो की के तपाईले गुपचुप बिहे गरेको हो ? तर ईलियानाले यस प्रश्नको जवाफ भने हो होईन केहि दिईनन् ।
 
त्यसको जवाफमा उनले “मेरो प्रोफेशनल लाईफ एकदमै राम्रो हुदै गएको छ र म मेरो पर्सनल लाईफको बारेमा म यहा कुरा गर्न चाहन्न” भनिन् । र उनले थपिन मेरो पर्शनल लाईफको बारेमा मीडियामा धेरै छ । तपाईहरु त्याहा हेर्न सक्नु हुन्छ । अव यस्तोमा बिहे भएको अनुमान गर्न मुस्किल छ  ईलियानाले आफ्नो बिहेको स्विकार या अस्वीकार के गरिन भन्नेमा । ईलियानाको आउदै गरेको फिल्म “रेड” को बारेमा कुरा गर्दै उनले भनिन् ।
 
सो चलचित्र पहिलो हो जो आफुले राजकुमार गुप्ताको साथमा काम गरेको छ । र उनले यो पनि थपिन सो फिल्ममा काम गर्ने मौका पाउदा खुसी मिलेको बताईन् । आगामी मार्च १६ तारिखमा प्रदर्शनमा आउने फिल्म “रेड” को शुटिंग लखनउमा भएको थियो ।  

भरतीय नायिका ईलियानाको गुपचुप बिहे भएको चर्चा

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Samaya Sandarva

Started at: 06:35 HRS

Up Next

Hamro Serofero

Starts at: 07:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award