मनोरञ्जन

चलचित्र “रात और दिन”को लागी ऐश्वर्यले मागिन करोडौको फीस चलचित्र “रात और दिन”को लागी ऐश्वर्यले मागिन करोडौको फीस
माघ, २१ । 
केहि दिन अगाडि भारतीय सञ्चार माध्यम जागरण डट कममा खवर आएको थियो की नायिका ऐश्वर्य बच्चन अव नर्गिस दत्तको रुपमा फिल्ममा आउन सक्छीन किनकी उनलाई फिल्म “रात और दिन” को लागी अफर गरेको थियो । र यो पनि बताईएको छ की सो फिल्मको लागी  ऐश्वर्यले भारी रकमको माग गरेकी छिन् ।
 
एश्वर्य बच्चनको लागी भर्खरै मात्रै फिल्मको लागी अनुवन्धित गराईएको छ । स्रोतका अनुसार उक्त फिल्म सन् १९६७ मा भएको रात र दिनको कहानि सम्बन्धित छ । सत्येन बोस द्धारा निर्देशित सो फिल्ममा प्रदिप कुमार, नर्गिद दत्त र फिरोज खानले राम्रो रोल निभाएको थियो । “रात और दिन” लाई भारतीय सिनेमाका केही उत्कृष्ट स्तरको फिल्म मध्ये गनिन्छ । फिल्ममा नर्गिसले वरुणा नाम गरेकी एक महिलाको रोल निभाएको थियो ।
 
जो बहु प्रकोपले ग्रसीत रहेकी हुन्छीन् । र उनि दिनमा एक साधरण घरेलु महिला हुन्छिन जो रातमा भने कोलकताको सडकमा निस्किन्छिन । क्लमा नाच्छिन र बिहाना सबै बिर्सीन्छिन । नर्गिस दत्त लाई सोहि फिल्म बाट उत्कृष्ट अभिनयको बेस्ट एक्ट्रेसका अवास समेत मिलेको थियो । बताईएको छ कि सो चलचित्रमा यस रोलको लागी ऐश्वर्यलाई प्रेरणा अरोडा र अर्जुन एन कपुर प्रोडक्सको तर्फ बाट गरिएको छ ।
 
भारतीय सञ्चार माध्यम जागरण डट कमका अनुसार ऐश्वर्य लाई सो रोल मनपरेको छ र उनि डवल रोल गर्नको लागी पनि तयार छिन । तर बताईएको छकी यसको लागी उनले करीव १० करोड भारतीय रुपैयाको माग गरेकी छिन् । जानकारी अनुसार सो फिल्म शुटिंकको लागी ऐश्वर्यलाई लामो समय लाग्ने कारण भएकोले उनले आगामी प्रश्तावलाई अस्वीकार गर्नु पर्ने अवस्था आउन सक्ने छ ।
 
किनकी उनि नर्गिसको रोल लाई राम्रो संग निभाउनको लागी धेरै समय दिन चाहन्छिन । उक्त फिल्म नर्गिसको लागी श्रद्धा अर्पण हुने छ । र यसको लागी सञ्जय दत्त संग पनि महत्वपुर्ण भुमिकाको लागी कुरा गरीसकेको छ । पछिल्लो समय ऐश्वर्य फिल्म “फन्ने आन” को सुटिंगमा ब्यस्त छिन । फिल्ममा उनि अन्राष्ट्रिय गायीकाको रुपमा आउदै छिन । र उनको साथमा अनिल कपुर र राजकुमार राव पनि रहेको छ । 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award