मनोरञ्जन

श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव हुदै श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव हुदै
राजु थापा, माघ ६, कालिका
रत्ननगर ११ जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिरले आफ्नो स्वर्ण महोत्सव १ हप्ते महायज्ञ गरि मनाउने भएको छ । फागुन ५ गतेदेखी १२ गतेसम्म मन्दिर परिसरमा १०८ पाठपारायण ज्ञान महायज्ञ एवम् श्रीमद् भागवत कथा अनुष्ठान गरिने भएको हो । सोे महायज्ञमा श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य श्री १०८ कृष्णमणीजी महाराजले प्रवचन दिने कार्यक्रम रहेको छ । स्वर्ण महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
 
२०२४ सालमा स्थापना भएको मन्दिरको स्वर्ण महोत्सव सम्पन्न गर्न १ हजार १ सदस्सीय मूल समारोह समिति र ३६ वटा उपसमितिहरु गठन गरिएको छ । मन्दिर निर्माण र महायज्ञको तयारी तिव्र रुपमा भैरहको स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक तिलकराज शर्माले जानकारी दिनुभयो ।२०३१ सालमा निर्माण भएको मन्दिर जिर्ण वनेपछि अहिले आकर्षक कलात्मक सहितको श्रीकृष्ण प्रणामी मन्दिर स्थापना गरिएको छ । करिव पाँँच करोडको लागतमा अनुमान गरिएको मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
 
जिरौनालाई धार्मिक पर्यटकीय गन्तव्य वनाउने उदेश्यले मन्दिर निर्माण गरिएको मन्दिर निर्माण व्यवस्थापन समितिका संयोजक श्याम प्रसाद वरालले जानकारी दिनुभयो । स्थानिय र भक्तजनहरुले दिएको मुठीदान र सहयोगवाट मन्दिर निर्माण गरिएको उहाँले वताउनुभयो ।मन्दिर परिसरमा वृद्धाश्रम संचालन गरिएको छ भने,अनाथ वालवालिकाका लागी अनाथ आश्रम र पूर्णकालीन छात्रवास सुविधा सहितको नमुना विद्यालय संचालनमा ल्याउने तयारी गरिएको वरालले जानकारी दिनुभयो । देशभर ४७ जिल्लामा शाखा रहेको श्रीकृष्ण प्रणामीमा आस्था राख्ने हरुमा चितवनमा २५ हजार आस्थावान मानिस रहेको दावी गरिएको छ ।
 

श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव हुदै

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award